बुर्तिबाङमा समुदाय प्रहरी साझेदारी कार्यक्रम : ‘हर प्रहर,गाउँ र नगरी,टोेल टोलमा नेपाल प्रहरी’ !

योगेन्द्र विश्वकर्मा, बुर्तिबाङ २०७५ मंसिर २६ । ढोरपाटन नगरपालिकामा प्रहरी, जनप्रतिनिधी, शिक्षक र स्थानियको बिचमा आज अन्तरक्रिया भएको छ। इलाका प्रहरी कार्यलय बुर्तिबाङको आयोजनमा “हर प्रहर,गाउँ र नगरी , टोेल टोलमा नेपाल प्रहरी” भन्ने नारा सहित ढोरपाटन नगरपालिकामा आज समुदाय प्रहरी साझेदारी भन्ने शिर्षकमा देशब्यापी रुपमा चलेको अभियानको बिषमा अन्तरक्रिया गरिएको थियो ।

हरेक टोल समुदाय र समाजमा जनतासँग हातेमालो गर्दै सान्त र समृद्ध समाज बनाउनको लागि यो कार्यक्रम देस ब्यापी चली रहेको र यो कार्यक्रमले समाजमा सकारात्मक प्रभाब पार्ने भएकोले यो अभियानको थालनी गरेको बताइएको छ।

यो कार्यक्रम सञ्चालनको लागि प्रत्यक नगरपालिका गाउँपालिका प्रतेक वडा कार्यलय देखि टोल टोल सम्म पनि “समुदाय प्रहरी साझेदारी” समिति गठन गरिसकिएको र अब केन्द्रको निर्देशन अनुसार प्रत्येक पालिका वडा र टोलमा पुगेर जनप्रतिनिधी स्थानिय, शिक्षक,बिद्यार्थी पत्रकार सबैसँग सहकार्य गर्दै सचेताना मुलक कार्यक्रम सञ्चालन गर्ने इलाका प्रहरी कार्यालय बुर्तिबाङले जानकारी दिएको छ ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख देब कुमार नेपालीको अध्यक्षता रहेको थियो । कार्यक्रमको बारेमा जानकारी प्रहरी सहायक निरिक्षक आनन्द प्रसाद काफ्लेले दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *