गल्कोट नगरपालिकाको लापर्बाहीले फोहोर जति गौधी खोलामा, हटिया बजार दुर्गन्धित !

घनश्याम गौतम, गल्कोट २०७५ मंसिर २६ । गल्कोट नगरपालिकाको मुख्य बजार हटिया बजारमा फोहोरको उचित ब्यबस्थापन नहुदा बजार नजिक रहेको गौधी खोला फोहोरमय बनेको छ । गल्कोट नगरपालिका बडा नम्बर ३ को बडा कार्यालयको ब्यबस्थापन तथा गल्कोट नगरपालिकाको सहयोगमा बजार क्षेत्रमा हुने फोहोर संकलन गरि खाडल खनी पुर्ने काम हुन्थ्यो यहि मसिंर महिनामा फोहोर संकलन गर्ने ट्याक्टर बजारमा नआएपछि फोहोर गौधी खोलामा फालिएको छ ।

हेर्दा लाग्छ यो कुनै गौधी खोला होईन डम्पिङ साईड हो जहाँ जो कोहीले फोहोर फाल्न सकिन्छ । गल्कोट नगरपालिकाको कार्यालय जाने शिबालय घाटमा फालिएको फोहोर देखेपछि बडा कार्यालयमा हामीले फोहोर नउठेको तथा ब्यबस्थापन नभएको के कारणले हो भन्दा बडा अध्यक्ष वीरजंग भण्डारीले नगरपालिकाले पछिल्लो समयमा फोहोर ब्यबस्थापनमा चासो नदेखाएको, फाहोर ब्यबस्थापनको लागी जग्गा ब्यबस्थापन नगरको तथा ब्यबस्थापन पछीको भुक्तानी नभएकोले फोहोर उठाउन नसकेको बताए । अध्यक्ष भण्डारीले वडा कार्यालयकै ब्यबस्थापनमा गत आब देखी बजार क्षेत्रमा फोहोर संकलन गरी बिभिन्न स्थानमा हामीले अस्थाई रुपमा खाडल खनी पुर्ने काम गरेका हौं । अहिलेको आबमा नगरपालिका संग प्राबिधिक कुराहरु नमिलेपछि मंसिर महिनाबाट फोहोर उठाउन सकेका छैनौ । भण्डारीले फोहोर संकलन तथा ब्यबस्थापनको लागी नगरपालिकासंग बैकल्पिक ब्यबस्था गर्न पटक पटक आग्रह गरेको ईबागलुङलाई बताए । अहिले हामी संग अस्थाई रुपमा फोहोर संकलन गर्ने जग्गाको समेत अभाब रहेको छ ।

वडा अध्यक्ष भण्डारीको भनाई पछि नगरपालिका कार्यालयमा पुगेर नगर उपप्रुमुख रेनका काउचालाई सडक तथा खोलामा फोहोर नै फोहोर छ तर ब्यबस्थापन गर्ने नगरपालिका किन मौन बसेको भनेर प्रश्न गर्दा उनले डम्पिङ साईडको खोजी भैरहेकोले तत्काल भैरहेको बिधिअनुसार फोहोर ब्यबस्थापन गर्ने बताईन । नगरपालिकामा ट्याक्टर छ डाईभर छैन्, अहिले सम्मपनी ४ महिना देखीको भुक्तानी रोकिएको गुनासो सुनिन्छ, ब्यबस्थापन गर्ने प्रक्रिया कागजमै सीमित हुदा बजार फाहोरमय बनेको छ, गनुासो सुनुबाई नहुने हो भन्ने प्रश्नमा काउचाले दिगो ब्यबस्थापन हुने गरि छिट्टै फोहोर ब्यबस्थापनको काम गरिने जानकारी दिईन ।

उपप्रमुख काउचाले गत आर्थिक बर्षमा जस्तै गरि फोहोर संकलनमा बजेटको ब्यबस्था नभएकोले कार्यपालिकाको बैठकबाटै फाहोर ब्यबस्थापकोलागी जग्गा खोज्ने र फोहोरको ब्यबस्थापनको लागी फाहोर कर संकलन गरि ब्यबस्थापन गर्ने निर्णय भएको जनाकारी दिईन । उनले केही प्राबिधीक कारणले भुक्तानी ढिला भएको बताउदै बैकल्पिक रुपमा भएपनी तत्काल फोहोर ब्यबस्थापन गर्ने बताईन् । काउचाको अनुसार कस्तो ब्यबसाय बाट कति फोहोर संकलन हुन्छ भन्ने आधारमा मुल्य समेत निर्धारण भएको उनको भनााई थियो ।

नगरपालिकामा फोहोर संकलनको लागी ट्याक्टर छ तर बजार तथा खोलामा फोहोर यत्रतत्र देखिन थालेपछी स्थानीयले फोहार ब्यबस्थापन गर्न सम्बन्धित निकायको चासो नदिएको आरोप लागएका छन् । उनिहरुले नगरपािलकाले ट्याक्टर देखाएर फोहोर संकलन नगर्नु दुखद भएको बताएका छन् । गौधी खोलालाई सफा र सुन्दर बनाउन बाताबरण दिवसमा एक दिन सफा गर्नुभन्दा फाहोर फाल्ने जग्गा ब्यबस्थापन गरि खोलामा फाहोर फाल्न नदिनु नै उचित हुन्छ । त्यसैले आरोप प्रत्यारोप भन्दा समस्या सभाधान गर्न सम्बन्धित निकायको समयमै ध्यान दिनु आबश्यक छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *