जापान नेपाली एकता समाजको साँस्कृतिक कार्यक्रम डिसेम्बर ३१ मा

मेघराज रिष्मेली जापान २०७५ मंसिर २६ (२०१८-१२-१२) जापान नेपाली एकता समाजले सँधैका अंग्रेजी नयाँ बर्षमा जस्तै यो बर्ष २०१८(१२(३१ तारिखमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । यो बर्ष रक्तिम साँस्कृतिक परिवारको एकल कार्यक्रम साथमा नौमती बाजा समूहको बेजोड प्रस्तुती र नेपालबाट आमन्त्रित कलाकार सहितको कार्यक्रम गर्ने भएको छ । कलाकारको नामावली अर्को समाचार या सुचना मार्फत जानकारी गराउने छौँ । सबैलाई अबगत भएकै कुरा हो रक्तिम परिवारका गीत र संगीतले सारा श्रमजिवी जनताको भावना समेटेको हुन्छ ।त्यसैले रक्तिम परिवार नेपाल र नेपालीको मन मुटुमा बस्न सफल छ । हो ,हामी सबै बिधाका कला र संस्कृतिलाई माया र सम्मान गर्दछौं ,जसले नेपाली समाजको सकारात्मक मानसिकतालाई बिकाश गर्न टेवा दिन्छ । हामीले बिगतका नयाँ बर्षका कार्यक्रमहरूमा बिभिन्न बिधा र क्षेत्रमा सम्बद्ध कलाकारहरूलाई एउटै मञ्चबाट कार्यक्रम गराई जापानमा रहनुहुने नेपाली समुदायमा केहि अभिष्ठ उद्धेश्यका साथ मनोरन्जन प्रदान गरेका थियौं । यो बर्ष हामीले बिलकुलै फरक मसलामा हाम्रो कार्यक्रमको ढाँचाको योजना बनाएका छौं र हामीलाई पूर्ण बिश्वास छ हाम्रो कार्यक्रम जापानमा हुने सबै कार्यक्रम मध्ये उत्कृष्ट र पृथक हुन्छ भनेर । तपाईहरूले बिश्वास गर्न नसकेको कार्यक्रम दिएर फेरी पनि जापान नेपाली एकता समाज सबै जापानबासी नेपालीको मन मुटुमा सजिने छ । हामीलाई कलाकार को हो सँग भन्दा पनि गुण र परिमाणको अन्तर सँग बढी सम्बन्ध रहन्छ ।त्यो कुरा त दर्शक श्रोताहरूले कार्यक्रम पछि मूल्याँकन गर्ने कुरा हो । रह्यो दर्शकको कुरा ,दर्शक नै नभए त कार्यक्रमको गुण जती भए पनि कसलाई के थाहा १ त्यसकालागि त तपाई दर्शक श्रोताहरू नै अमूल्य निधि हो ।हामीलाई लाग्छ ,जसरी नेपालमा र संसार भरिनै लुकेर रहेका प्रतिभालाई आम जनसमुदायमा पस्केर ठूला ठूला ‘रियलिटी सो ‘ले सेतुको काम गरेको छ त्यस्तै सेतुको काम गरेर रक्तिमको नौलो प्रस्तुतीका कलाकारहरूलाई पनि आम जनमानसमा स्थापित गर्नु तपाई हाम्रो हातमा रहन्छ ।यसको अलावा जो बजारमा बिकि सक्नु भएको छ त्यो प्रतिभा त तपाई जहिले पनि हेर्न र देख्न सक्नुहुन्छ ।त्यसैले तपाई दर्शक श्रोता ,शुभचिन्तक ,सहयोगी मनहरू सबैमा हामी बिनम्र अनुरोध गर्दछौं की एक पटक हाम्रो फरक प्रस्तुती हेरेर सहयोग गरिदिनु हुनेछ । जापानमा रहेका सबै समाजप्रति हाम्रो हार्दिक सम्बन्ध छ र रहने पनि छ ,तर यो समय ,प्रायले आआफ्ना क्षमता अनुरूप कार्यक्रमहरू आयोजना गर्ने गर्दछन् र आफ्नो गक्ष अनुसारको क्षमता पनि पस्किने गर्दछन् ।त्यसैले हामीले पनि हाम्रो गक्षता बमोजिमको एकल कार्यक्रम आयोजना गरेका छौं ।अबस्य पनि सामुहिक कार्यक्रम भन्दा संख्याले कमै त नहोला तैपनि तुलनात्मक रूपमा केहि कमी संख्या रहन सक्छ भन्ने मध्यनजर नगरेको भने छैन ।तथापि कार्यक्रममा जसको उपस्थिति रहने छ वहाँहरूको हेराई र मूल्याँकन नै हाम्रो सफलता या असफलताको कसी हुनेछ ।बिगतका दिनले पनि एकता समाजका एकल कार्यक्रमहरू सबैका भन्दा सानदार रूपमा सम्पन्न हुने गरेको कुरा त सबैका आँखा सामु छर्लंगै छ । रह्यो हाम्रो कार्यक्रमको उद्धेश्यको बिषय ।हामीले यो बर्ष पनि त्यती ठूला नाराले सम्बोधन गर्ने छैनौं,केवल केन्द्रीत हुनेछौं हाम्रा पुरानै अभिष्ठमा ।सानै अभियानले पनि पिडामा छटपटिएका मान्छेको सेवा गर्न पाईयो भने त्यो भन्दा ठूलो धर्म के हुन सक्ला र १ भर्खरैको हाम्रो अभियानको गोबिन्द सापकोटालाई गरेको सहयोग होस् या गौमाया भुजेलको सहयोगमा अगाडि बढेका हातहरू होउन् या पत्रकार बिजय रानालाई गरेको सहयोग होस् ,या संजय खत्री को परिवारलाई गरेको सहयोग होस् ,या जयलाल बि क को परिवारलाई गरेको सहयोग होस् ,या खोटांग ,सर्लाही ,बागलुंग ,धादिंग र सिन्धुपाल्चोकमा गरेको सहयोग होस् यस्तै यस्तै ,यी हाम्रा केही उदाहरणहरू मात्रै हुन् ।हामीले जतीखेर हात फिंजाउँछौ त्यती खेर तपाईहरूको असिम माया र सद्भाव अनि सहयोग पाएर त जापान नेपाली एकता समाज यहाँ सम्म आईरहेको छ । हाम्रो प्रथम राष्ट्रीय सम्मेलन पश्चात केही कुटनीतिक सम्बन्धहरूमा पनि हाम्रो प्रयास जारी रहेको छ ।अबस्य पनि यसको मूर्त रूपमा पनि निकट भबिष्यमा केही परिणाम देख्न र महसुस गर्न अनि उपभोग गर्न पाउनु हुनेछ ।यो हाम्रो बाँचा हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *