नरेन्द्र घर्तीलाई यु के बाट ३ लाख बढी रकम हस्तान्तरण !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७५ मंसिर २६ । अखिल नेपाल जनसांस्कृतिक महासंघको केन्द्रीय सचिवालय सदस्य तथा पूर्व सांसद केसरी घर्ती र भोजन शेरचनको पहलमा, बागलुङ समाज युकेमा कार्यरत हरि घर्ती र भोजन सेरचन लगाएतले नरेन्द्र घर्ती बचाउ अभियान सफल पार्नको लागि सहयोग रकम रु ३ लाख २ हजार ( तीन लाख दुई हजार) संकलन गरि रकमको हस्तान्तरण बागलुङ युके समाजकी अध्यक्ष छवि माया पुनले रकम हस्तान्तरण गरेको नरेन्द्र घर्तीले बताए ।

यसैवीच अरबमा कार्यरत रहदा अचानक एप्लास्टिक एनेमिया रोगबाट ग्रसित भई दुई महिनाको हस्पिटल बसाई पछि नेपाल आएर उपचार गरिरहेका घर्तीलाई उनि कार्यरत कम्पनीका कामदारहरुले रकम संकलन गरि पठाएको र आफुले रकम बैकबाट प्राप्त गरेको बताए । उपचारमा निरन्तर लागि पर्नुहुने आबश्यक रगत औषधि जोहो गरिदिनुहुने मेरा सम्पुर्ण कम्पनिका साथीहरु साथै तीन बर्ष सम्म संगै कार्यरत आदरणीय दाजु भूतपूर्व क्याप्टेन केशबराज उपाध्यायको विशेष पहलमा अल बसामी ईन्टरनेश्नल कम्पनिमा कार्यरत सम्पुर्ण नेपाली साथीहरुको पहलमा नरेन्द्र घर्ती बचाउ अभियान सफल पार्न संकलित रकम ३२ हजार ५ (बत्तिस हजार पांच सय ) सहयोग गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *