५० हजारको लागतमा चरौदीमा सिंचाई कुलो निर्माण सम्पन्न !

घनश्याम गौतम, गल्कोट २०७५ मंसिर २५ । गल्कोट नगरपालिका बड नम्बर ६ को ढलेपिपल सिचाईकुलो मर्मत तथा मुहान निर्माण कार्य सम्पन्न भएको छ । वडा नम्बर ६ को चरोदींखोला ढलेपिपल खण्डमा पटकपटक निर्माण गर्दा पनि बर्षातको समयमा बाढीको कारण पहिरो जादा अबरुद्ध भएको उक्त सिचाई कुलोको मुहान निर्माण तथा करिब २० मिटर खण्ड पक्की कुलो निर्माण गरिएको निर्माण समितिका अध्यक्ष मन कुमारी बस्नेतले जानकारी दिए ।

मोटरबाटोबाट उक्त कुलोहुदै पावती माध्यमिक बिद्यालयमा जाने गारेटो बाटो समेत रहेकोले उक्त स्थानमा कुलो तथा बाटोको निर्माण गरिएको हो । उक्त सिंचाई कुलो बाट आउने पानीले करिब ३६ घरपरिबारका खेतमा सिचाई हुने गर्दछ । नगरपालिकाले आर्थिक बर्ष २०७५÷०७६ मा बडा स्तरीय पुबार्धार बिकासतर्फ बिनियोजन भएको ५० हजारको बजेटले उक्त निर्माण सम्पन्न गरिएको कर्ण बहादुर खत्रीले जनाकारी दिए ।

स्थानिय उपभोक्ताले पटक पटक मर्मत गरेपनि बर्षातको समयमा बाढि बगाउने गरेकोले उक्त सिचाई कुलोको मुहान खण्डलाई पक्की बनाउनको लागी बजेटको ब्यबस्था गरिएको वडा नम्वर ६ का अध्यक्ष नर बहादुर खत्रीको भनाई छ । उक्त सिचाई कुलो निर्माण भएसगैं स्थानिय उपभोक्ताले अहिले गहुमा सिचाई गर्न सहज भएको बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *