काठेखोला ७, रेशमा ३६ बर्षिया युवतीव्दारा आत्महत्या !

बागलुङ २०७५ मंसिर २५ । काठेखोला गाउपालिका ७ रेशमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । काठेखोला गाउपालिका ७ रेशकी वर्ष ३६ की देवी जीसीले मंसिर २४ गते साँझ ५ बजेको समयमा आफ्नै घरको माथिल्लो तलामा दलिनमा सलको पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

श्रीमती देवी जीसी र उनका श्रीमान शान्तबहादुर जीसी दुबैले अत्याधिक मदिरा सेवन गर्ने अति विपन्न परिवार भएकाले दैनिक जीवन यापनगर्न समेत समस्या रहेको स्थानीयको भनाई छ । उनका दुई छोराहरु रहेका छन् ।

आज बिहानै जिल्ला प्रहरी कार्यालय बागलुङबाट गएको प्रहरी टोलीले घटनाको मुचुल्का तयार पारी मृतकको शवलाई धौलागिरी अन्चल अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई बुझाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिहेको बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *