प्रदेश सांसद घर्ती कलेजो सम्वन्धी रोगबाट गम्भीर, थप उपचारार्थ एयर एम्बुलेन्सबाट दिल्ली लगियो !

दिनेश शर्मा, बुर्तिवाङ (बागलुङ) २०७५ मंसिर २५ । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्ती कलेजो सम्वन्धी रोगबाट गम्भीर बिरामी भएकाले करीब डेढ घण्टा अगाडी थप उपचारार्थ काठमाडौँ देखी एयर एम्बुलेन्सबाट भारतको राजधानी दिल्ली स्थित एपोलो अस्पताल लगिएको छ । प्रदेश सांसद घर्तीको १७ दिन देखी काठमाडौँ स्थित ग्राण्डी अस्पतालको आईसीयुमा उपचार भैरहेको थियो । उनी बिगत १४ दिन देखी बेहोस अवस्थामा रहेको श्रोतले बतायो । श्रोतका अनुसार एपोलो अस्पतालमा उनको कलेजो प्रत्यारोपण गरिने संभावना छ ।

सांसद घर्ती बागलुङ जिल्ला क्षेत्र नं २ को ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । ढोरपाटन नगरपालिका वडा ५ साविक अधिकारीचौर गाविस सइखोला निवासी सांसद घर्ती बामगठवन्धनबाट उमेदवार बनी विजयी हुने राष्ट्रिय जनमोर्चाका सक्रिय कार्यकता हुन् ।

४६ वर्षिय घर्ती बिगत केहि दिन देखी कलेजो सम्वन्धी रोगबाट पीडित रहेको पार्टी सभापती अमर थापाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.