महिला हिंसा विरुद्धको १६ दिने अभियान पाण्डबखानीमा सम्पन्न, निर्मला पन्तको हत्यारालाई कार्वाहीको माग !

सुरेश छन्त्याल, पाण्डबखानी २०७५ मंसिर २५ । महिला जागरण केन्द्र गलकोट नगरपालिका १० पाण्डबखानी बागलुङको आयोजनामा भएको हिंसा र दुव्र्यवहार छैना हामीलाई स्वीकार भन्ने मुल नाराका साथ भएको महिला हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सोमबार पाण्डबखानीमा सम्पन्न भएको छ।

कार्यक्रममा महिला जागरण केन्द्र पाण्डबखानीका अध्यक्ष राधिका पुनको सभापतित्व गल्कोट नगर सभाका सदस्य गणेश शेरचनको प्रमुख आथितियामा भएको कार्यक्रममा रुपा श्रीसको स्वागत मन्तव्य आसा श्रीसको संञ्चालनमा सम्पन्न भएको थियो।

पाण्डबखानी माध्यमिक विद्यालयबाट सुरु भएको जुलुस बाईगाउ, बगर ।गैराभाटी हुँदै लेङ्गुरे बाट विद्यालयमा आएर कोण सभामा परिणत भएको थियो।

कार्यक्रमका वक्ताहरुले निर्मला पन्त एउटा पात्र मात्र हो यहाँ हजारौं महिलाहरुको बलत्कार, हत्या हिंसा भएको छ। दोषी र हत्यारालाई छिटो भन्दा छिटो कार्वाहीको माग गरेका थिए । महिला हिंसा अत्याचार बलत्कार अन्त्य गरौं महिला पुरुष एक हौं भन्दै कार्यक्रम सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.