ब्यापार ब्यवसाय सहज रुपमा संचालन गर्ने वातावरण सृजना गर्नु पहिलो प्राथमिकता : अध्यक्ष राजभण्डारी

कोपिला कंडेल, बागलुङ २०७५ मंसिर २४ । बागलुङ उद्योग बाणिज्य संघका नबनिर्वा्चित अध्यक्ष युवराज राजभण्डारीले ब्यापार ब्यवसाय सहज रुपमा संचालन गर्ने वातावरण सृजना गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।

धौलागिरी संचार क्लब बागलुङले आयोजना गरेको साक्षात्कार कार्यक्रमका बोल्दै उनले उद्योगी ब्यापारीको हकहितका लागि आफु निरन्तर लागिपर्नेमा जोड दिए । उद्योगी ब्यवसायीको समस्यालाई आत्मसाथ गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ, नवनिर्वाचित अध्यक्ष राजभण्डारीले भने, ब्यवसायीको मर्म र चाहना अनुरुप बैज्ञानिक ढंङ्गले कर समायोजन गर्नका लागि बागलुङ नगरपालिका लगायत सरोकारवाला संग बहस र छलफल चलाउने छु ।

ठुला योजना संचालनका लागि स्थानिय प्रदेश र संघिय सरकार संग छलफल गरी अगाडी बढ्ने बताउदै उनले बागलुङ जिल्लालाई एक गाउँ एक उत्पादन संग जोडेर अगाडी बढ्ने धारणा ब्यक्त गरे । ससाना ब्यापारीलाई कर सम्बन्धी बिल भरपाई समेत राख्न नआउने चर्चा गर्दै उनले बानपा लगायत जिल्लाको गल्कोट कुस्मीसेरा बरेङ्ग बुर्तिबाङ्ग लगायतका क्षेत्रमा कर शिक्षा संचालन गर्ने जानकारी दिए ।

सो अवसरमा राजभण्डारीले निर्वाचनमा सहयोग गर्ने सम्पुर्ण मतदाता सम्पूर्ण ब्यबसायी संचारकर्मी लगायत सबैलाई धन्यबाद समेत ब्यक्त गरे । कार्यक्रम धौलागिरी संचार क्लबका अध्यक्ष राजेसचन्द्र राजभण्डारीको अध्यक्षता र सदस्य कोपिला कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *