गल्कोट नगरपालिका- ३ को हटियालाई खरको छानामुक्त बनाउने अभियान सफल : अध्यक्ष भण्डारी

गुमानसिँह भण्डारी, गल्काृट २०७५ मंसिर २४ । गल्कोटको हटियालाई खरको छानामुक्त बनाउने महत्वाकांक्षी योजना सफल भएको छ । गल्कोट नगरपालिका वडा नम्बर ३ हटियाका २४ घरपरिवारलाई जस्ता पाता बितरण गरेसँगै वडा नम्बर ३ हटिया खरको छानामुक्त वडा भएको हो । सामाजिक बिकास अन्तर्गतको योजनामा समावेश गरिएको वडा स्तरिय बिपन्न परिवारलाई जस्ता बितरण कार्यक्रमलाई नगरपालिकाबाट गत बर्ष र यस बर्ष गरि कुल ६ लाख बजेट बिनियोजन भएको वडा अध्यक्ष वीरजङ भण्डारीले ईबागलुङलाई बताए । वडाले नीतिगत रुपमा गरिएको सो निर्णयलाई कार्यान्वयन गर्न सफल भएको अध्यक्ष भण्डारीको भनाई छ ।

हटियाको बोहोराफाँट, बराहाथान, कोटमैदान, स्याला लगायतका ठाउमा भएका बिपन्न परिवारलाई जस्ता पाता बितरण गरिएको वडा सदस्य झहर बहादुर खत्रीले बताए ।
यस बर्ष जस्ता पाता पाउनेहरुमा नेत्र बहादुर पुन, राम बहादुर गाईने, मिना परियार, रिता दर्जी, अमृता बिक, रमेश दर्जी, कोपिला नेपाल,ि जग बहादुर दमाई, मिन बहादुर दर्जी, तुल बहादुर सार्की रहेका छन् ।

त्यस्तै वडाभित्र भएका खरको घरमा सञ्चालित आरन पेसा संरक्षण गर्ने गरि होम बहादुर बिक, ठक बहादुर बिक र हिम बहादुर बिकलाई समेत जस्ता पाता बितरण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । अध्यक्ष भण्डारीका अनुसार ‘खरको छानाका कारण आगलागी जस्ता प्राकृतिक प्रकोपको जोखिम बढी हुन्छ ।’ वडाले खरको छाना हटाउने कार्य्विधि बनाएर काम अगाडि सारेको थियो । कार्य्विधिमा खरको छाना विस्थापित गर्न चाहने घर धनीलाई वडाले निःशुल्क टिनको व्यवस्था गर्ने उल्लेख गरिएको थियो । टिन छाउने खर्च तथा श्रमदान भने स्वयं घरधनीले गरेका हुन । अधिकांश दलितले खरको छानो भएका घरमा बस्दा विभिन्न समस्या भोग्दै आएकाले उनीहरुलाई खरमुक्त घर निर्माणमा टेवा पु¥याउन जस्ता वितरण गरिएको भण्डारीको भनाई छ ।

वर्षौंदेखि सञ्चालन गरेको आरन व्यवसाय पनि नियमित गराउनका लागि जस्तापाता उपलब्ध गराई सहयोग गरेको भण्डारीले बताए । उनीहरुको आय आर्जनमा वृद्धि गर्नका लागि र उनीहरुले गर्दै आएको आरन व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गराउन वडाले जस्तापाता वितरण गरेको वडा सदस्य बेल बहादुर बोहोराले बताए । आयस्रोत न्यून भएका र वर्षाको समयमा उनीहरुले गर्दै आएको पुख्र्यौली व्यवसायलाई नियमित सञ्चालन गराउनका लागि निःशुल्क रुपमा पाता वितरण गरिएको अध्यक्ष भण्डारीको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.