बिहुँकोट हेल्प नेटर्वक युके व्दारा दुबै मृगौवा पीडित काँठेखोला ६का कडेंललाई सहयोग हस्तान्तरण

भरत सापकोटा, बागलुङ, २०७५ मंसिर २४ । दुवै मिगौला बिग्रिई आर्थिक समस्याका कारण प्रत्यारोपण गर्न नसकेका काठेखोला गाउँपालिका–६ विहुँकोट फापरचौर निवासी तारानाथ कंडेललाई विहुँकोट हेल्थ नेटवर्क युकेले हिजो एक समारोहको आयोजना गरि सहयोग रकम प्रदान गरेको छ।

हाल युकेलाई कर्मथलो बनाएका राम प्रसाद कंडेलको पहलमा संकलन भएको १ लाख ३५ हजार १ सय ४७ रुपैयाँ आईतबार काठेखोला गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष युक्तप्रसाद कंडेलले उनको परिवारलाई हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण पछि बोल्दै वडाअध्यक्ष कंडेलले कंडेलको घरको आर्थिक अवस्था निक्कै नाजुक भएकाले सवैलाई सहयोगको लागि आव्हान समेत गरे । उनले विहुँकोट हेल्थ नेटवर्क युकेलाई सहयोगको लागि धन्यवाद व्यक्त गरे। हस्तान्तरण कार्यक्रममा वडा सदस्य लिलाधर ढुंगाना, समाजसेवी नविन कंडेल, नारायणप्रसाद कंडेल राजु, चन्द्रदत्त कंडेलले लगाएतले बोलेका थिए ।

प्रजापती कंडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत जगन्नाथ कंडेल र संचालन मणिभद्र कंडेलले गरेका थिए ।

मृगौला पीडित कंडेलको हाल पोखराको गण्डकी अस्पतालमा उपचार भईरहेपनि मिगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले सवैलाई आर्थिक सहयोगको लागि सहयोगको अपिल गरे । कंडेलका १८ र १४ वर्षका २ छोरा र श्रीमती छन् उनिहरु लाई बिहान बेलुका छाक टार्नै गाह्रो परेको पस्थितिमा आफ्ना श्रीमान लाई यति ठुलो रोग लाग्नु ले श्रीमति र छोराहरु निक्कै कठिनाईले बाँच्न बिवश भएको बताउदै सबैलाई सहयोग गरिदिन आग्रह गरेका छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.