चर्चित गायिका शान्ति श्री र हरि सुनारको सवैलाई नचाउने पञ्चेवाजा बजारमा !

काठमाडौ, २०७५ मसिंर २३ । बोल मायाँ पछि सर्वाधिक चर्चामा आएकी गायिका शान्ति श्री परियारको आवाजममा रहेको “संगै नाँचौ आज”बोलको पञ्चे बाजा सार्वजनिक भएको छ । लोक तथा दोहोरी गायक हरि सुनारको लय शव्दमा उक्त पञ्चे बाजा बजारमा आएको हो । गीतमा पछिल्लो समयमा निकै चर्चित अनि व्यस्त गायिका शान्ति श्री परियार र हरि सुनारको आवाज रहेको छ । प्रकाश भट्ट्ले निर्देशन गरेको म्युजिक भिडियोमा भने करिष्मा ढकाल र गायक हरि सुनार मुख्य अभिनयमा देखिएका छन् ।

बागलुङको गल्कोटको पर्यटकीय सम्भावना बोकेका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरुमा उक्त पञ्चे बाजा तयार पारिएको गायक हरि सुनारले जानकारी दिए ।
लोक दोहोरी गाउन सिपालु गायक सुनारले यस भन्दा अगाडि लोक दोहोरी, सालैजो, तिजी गीत लगायतका अन्य गीतहरुका बजारमा ल्यार्इ सकेका छन् । जसमध्ये बरु सहन्छु चोट खाएमा, माया भन्नु के रैछ, सम्झि रुने छैन म, मेरी बुढी मेयर चर्चित गीतहरु हुन । अन्य गीतलाई जस्तै एक पटक हेरेर , सुनेर , सुझाव सल्लाह प्रतिक्रिया दिन समेत गायक सुनारले दर्शक स्रोतालाई अनुरोध गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *