स्थानिय तहको एकाधिकारबाट भ्रष्टाचारले मलजल पाउने निचोड !

प्रेम सुनार, गुल्मी २०७५ मंसिर २३ । स्थानिय सरकार गठन पछि जनप्रतिनिधीहरु एक्लैले कार्यपालिका र न्यायपालिका चलाएको , विकास निर्माणको योजनाकार पनि आफै, अनुमगनकर्ता पनि आफै हुने गरे पछि त्यसले भ्रष्टचारलाई मलजल हुने खतारा बढेको नागरिक समाजबाट कुरा उठन थालेको छ ।

आज भ्रष्टचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अबसरमा पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सुशासन पर्वद्धनका लागि जिल्ला स्तरिय नागरिक सञ्जालले आयोजना गरेको अन्तरकृया कार्यक्रममा नागरिक समाजका अगुवाहरुले यस्तो कुरा उठाएका हुन ।

एकिकृत ग्रामिण बिकास समाज गुल्मीका अध्यक्ष हिरा एसीले जनप्रतिनिधीहरुले नागरिक समाज संग साँझेदारी नगरी एक्लैले गरेको काम राम्रै भए पनि नागरिकले त्यसलाई पारदर्शी नभएको रुपमा बुझ्ने हुँदा पारदर्शीताका लागि जनप्रतिनिधी भन्दा बाहिरी पक्षको समेत सहभागिता गराउनु पर्नेमा जोड दिए ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले भने नागरिकलाई सुचना समेत उपलब्ध नगराई जनप्रतिनिधीहरु एक्लैले विकाय योजनान छनौट गर्ने , आफै योजनाकार र आफै अनुगमन गर्ने हो भने पारदर्शीताबारे शंका गर्नु पर्ने भएको छ ।

नागरिक समाजलाई साँझेदारी नगराई शिक्षा , स्वास्थ्य, अन्य विकास निर्माण र स्थानिय कानुन समेत बनाईनु भनेको एकाधिकार भएको टिप्पणी गर्दै पाण्डेले स्थानिय तहले पुनरविचार गर्नु पर्ने धारणा राखे । आयोजक संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेले जनप्रतिनिधीहरुलाई पारदर्शी बनाउन नागरिक समाजको स्थानिय तह सम्म सञ्जाल हुनु पर्नेमा जोड दिए ।

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गप्रसाद पाण्डेले सुशासन र परदर्शीताका लागि जनप्रनिधीहरुले नागरिकहरुलाई बाईपास गरेर अगाडी बढ्न नहुने सुझाव दिए । काठमाण्डौ स्थित एफएचआई नामक संस्थाबाट गुल्मी आई पुगेका भोला भट्टराईले स्थानिय तहमा हुन सक्ने अनियमित्ता भ्रष्टचार बिरुद्ध गुल्मीको नागरिक समाजले उठाएको यो बिषय राष्ट्रिय मुद्धा हुने बताउँदै यसलाई केन्द्रिय स्तर सम्म पुराउन आग्रह गरे ।

कार्यक्रममा सो संस्थाकी रत्ना तण्डुकार , गुल्मी उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईस्वरीप्रसाद पौड्याल , वारएशोसियनका अध्यक्ष गोपाल पाण्डे , अभिभावक संघका अध्यक्ष गणेश बिश्वकर्मा, एकिकृत ग्रामिण बिकास समाजकी परियोजना प्रमुख हिरा कुँवर लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सहजिकरण एकिकृत ग्रामिण समाजका प्रबन्ध निर्देशक कृष्ण बिकले गरेका थिए ।

यसै विच सुशासन पर्वद्धनका लागि जिल्ला स्तरिय नागरिक समाज सञ्जाल गुल्मी र गुल्मी उद्योग वाणिज्य संघको टोलीले सुशासन र पारदर्शीता कार्यम गर्न विभिन्न सुझावहरु सहित रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई आज अनुरोध पत्र पेश गरेको छ ।

सञ्जालको तर्फबाट श्यामकुमार पाण्डे र वाणिज्य संघको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद पाण्डेले संयुक्त रुपमा उक्त पत्र मेयर भुसाललाई पेश गरेका थिए । उक्त पत्र ग्रहण गर्दै मेयर भुसालले आफ्नो नगरपालिकामा सुशासन र पारदर्शीता विरोधी काम हुन नदिने र अन्यत्र भएको पाईए त्यस विरुद्ध नागरिक समाज संग सहकार्य गरेर आफु लड्न तयार रहेको स्पष्ट पारेका थिए । उक्त कार्यक्रमको सहजीकरण सञ्जालकी सदस्य हिरा कुँवरले गरेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *