जसले मट्टितेल छर्केर आफैले आफैलाई ज्युँदै जलाएर मारे !

प्रेम सुनार, कपिलबस्तु २०७५ मंसिर २३ । कपिलबस्तुमा एक जना ब्यक्तिले आफैले आफ्नो शरिरमा मट्टितेल छर्किदै आगो लगाएर आफ्नो ज्यान आफै लिएका छन । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर ५ चन्द्रौटा बजार नजिकै दिहवा भन्ने टोलको एक घरमा सोही नगरपालिका वडा नम्वर ४ बरगदुवा भन्ने स्थानमा घर भएका ३५ बर्षिय बदु मिया आफैले आफ्नो ज्यान लिएका हुन ।

हिजो आफैले आफ्नो शरिर जलाएका मियाँको आज उपचारको क्रममा पाल्पाको मिशन अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । मियाँ शनिवार दिउँसो दिवाह गाउँका सहदअलि मियाँको नयाँ घरमा रङ्गरोवनको काम गर्न गएका थिए ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार उनले त्यस घरधनीलाई उक्त कार्यको लागि मट्टितेल किनेर ल्याउन लगाएको र खाजा खानका लागि पैसा समेत मागेका थिए । घरधनीले बजारबाट मट्टितेल किनेर ल्याई दिए पछि माथी छतमा रंङ्गरोवन गर्न पुगेका थिए ।

त्यसको केहिबेर पछि उनि छतबाट शरिरमा आगाको ज्वाला सहित बचाओ… भन्दै भुँईमा खसेको घरधनीले बताएको त्यस वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए । उपाध्यायका अनुसार मुम्वईमा रहेकी श्रीमति मुगुन मियाँ संग सम्वन्ध राम्रो नभए पछि उनलाई उतै छाडेर मियाँ दुई महिना अघि मात्र घर आएर कहिले काम गर्ने त कहिले त्यतिकै भौतारिदै आएका थिए । उनका सात बर्षिय छोरा समेत आमा संगै रहेको बताईएको छ ।

डरलाग्दो अबस्थामा जलेका मियाँलाई थप उपचारका लागि बुटवल पुराईएको थियो । त्यहाँ पनि उपचार सम्भव नभए पछि पाल्पा पठाईएको प्रहरी निरीक्षक उपाध्यायले बताए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पाल्पामा पुराई उनका बाबुृलाई शव बुझाई सकिएको उनले जानकारी दिए । यस घटनाका सम्वन्धमा थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी रवि रावलले जानकारी दिए ।

यसै बिच कपिलवस्तु मै शनिवार अर्को एक परिवारको घर विद्युत सर्ट भई जलेर नष्ट भएको छ । शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरका अमृत थापाको झुपडी घर जलेर नष्ट भएको प्रवक्ता रालवले जानकारी दिए । विपन्न परिवारका थापाको घर , अन्नपात , लत्ता कपडा र भाँडा वर्तन सहित एक लाख वरावरको क्षति भएको जनाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *