बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा राजभण्डारी विजयी, पौडेल झिनो मतान्तरले पराजीत !

बागलुङ २०७५ मंसिर २३ । बागलुङ उद्योग बाणिज्य संघको निर्वाचनमा युवराज राजभण्डारी ७५ मतकोे झिनो अन्तरले विजयी भएका छन् । राजभण्डारीले प्राप्त गरेको मत परिणाम पूर्व अनुमान गरिए भन्दा निकै कम मानिएको छ । दुर्ईतिहाई बहुमतले राजभण्डारीले चुनाव जित्ने प्रचार गरिएपनि अर्का प्रत्यासी दयाराम पौडेलले राम्रै मत ल्याएपछी काँग्रेसी बृत्तमा अर्काथरी काँग्रेसबाट घात भयो भन्न थालिएको छ । मत परिणाम अनुसार राजभण्डारीले ५९४ र पौडेलले ५१९ मत प्राप्त गरेका छन् ।

खुल्ला सदस्य तर्फ १४ जनामा दीपक हमाल, उमाकान्त शर्मा बाबु, श्रीजय श्रेष्ठ, नरेश कँडेल, शशिकपुर श्रेष्ठ, निलेश राजभण्डारी, अर्जुन चोखाल, बिदेश कुमार श्रेष्ठ, राजु खड्का, गणेश लम्साल, नवीन कुमार श्रेष्ठ, थानेश्वर सुवेदी, रामराज गुरुङ, ईन्द्रमणी पौडेल विजय भएका छन् ।

उद्योग सदस्यहरुमा राजन शाक्य र हेमबहादुर खत्री विजयी बने भने महिला सदस्यहरुमा सीता देवी सापकोटा र शर्मिला खड्काले चुनाव जितेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.