बागलुङ उद्योग बाणिज्य संघको मतगणना जारी, यस्तो छ, पछिल्लो परिणाम !

बागलुङ २०७५ मंसिर २३ । शनिवार सम्पन्न बागलुङ उद्योग बाणिज्य संघको निर्वाचनको मतगणना कार्य जारी रहेको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार बाउबा संघको अध्यक्षका उमेदवार युवराज राजभण्डारी प्पानल अर्का प्रत्याशी दयाराम पौडेलको प्यानल भन्दा अगाडी देखिएको छ ।

हालसम्म प्राप्त परिणाम अनुसार राजभण्डारी प्यानलबाट खुल्ला सदस्य पदका उमेदवार हुनेहरु मध्य ३०० भन्दा बढी मतप्राप्त गर्नेहरुमा दीपक हमाल ३९७, उमाकान्त शर्मा बाबु ३७९, श्रीजय श्रेष्ठ ३२८, शशिकपुर श्रेष्ठ ३२५, नरेश कँडेल ३२६, निलेश राजमण्डारी ३२०, विदेश श्रेष्ठ ३१९, नवीन कुमार श्रेष्ठ ३०८, थानेश्वर सुवेदी ३००, गणेश लम्साल ३०० रहेका छन् भने पौडेल प्यानलबाट खुल्ला सदस्य पदमा उमेदवारी दिनेहरुमा दुईजना अर्जुन चोखाल ३१० र राजु खड्काले ३०३ मत प्राप्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.