जागरण युवा क्लव, बुर्तिवाङको आयोजनामा रचना वाचन कार्यक्रम सम्पन्न !

झम सिर्पाली, बुर्तिवाङ २०७५ मंसिर २२ । बुर्तिबाङमा शनिवार जागरण युवा क्लवको आयोजनामा रचना बाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सर्जक एवं रुद्रावती साहित्य संगमका अध्यक्ष हिरालाल पौडेलको प्रमुख आतिथ्यता निसीखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष कुविर विश्वकर्मा, सर्जक सुरज घिमिरे दिपशिखा समिक्षक सर्जक लोकेन्द्र निरासी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नरिश्वर घिमिरे सुरज घिमिरे दिपशिखा, राजकुमार कुमाल, प्रशंसा खत्री, सुजन परियार, सिजन सिर्पाली, संचारकर्मी हेम विश्वकर्मा लगायत एक दर्जन बढि सर्जक स्रष्टाहरुले कविता गजल मुक्तक लगायतका सृजना वाचन गरेका थिए ।

स्रष्टा तथा कार्यक्रमका समिक्षक लोकेन्द्र सुनारले वाचन गरिएका सृजनाहरुको समिक्षात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी हिरालाल पौडेलले साहित्यिक विकास र प्रगतिशील गतिबिधिका लागि अब सबै एकजुट भएर साहित्यिक उर्जालाई संस्थागत गरि अघि बढ्नुपर्ने बताए ।
त्यस्तै समिक्षक एवं सर्जक लोकेन्द्र निरासीले बोल्दै साहित्यमा जीवन र जगतलाई परिबर्तन गरि हराभरा र सुन्दर बनाउने खुवी भएकाले सम्पुर्ण साहित्यिक मन भएका व्यक्ति एक भएर अगाडि बढ्नुपर्ने बताउदै सहभागी सर्जकको सृजनाले आफुमा उत्साह जागेको र अब यश क्षेत्रको साहित्यले प्रगतिशील फड्को मार्ने विश्वास समेत व्यक्त गरे ।

नेपाल बैंक लिमिटेड बुर्तिबाङ शाखा अधिकृत समेत रहेका सर्जक सुरज घिमिरे दिपशिखाले साहित्य जस्तो महत्त्वपूर्ण विधामा सबैलाई चेतना दिदै जगाउने काम गरेकोमा आयोजक संस्था जागरण युवा क्लव प्रती आभार समेत व्यक्त गरे ।

कार्यक्रम क्लव अध्यक्ष थमनाथ पौडेलको अध्यक्षता सर्जक सविन पौडेलको स्वागत मन्तव्य तथा सर्जक एवं क्लव सचिव झम सिर्पालीको संचालनमा सम्पन्न भएको थियो ।
ज्ञ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *