तस्वीरमा बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सव !

बुर्तिवाङ २०७५ मंसिर २२ । बुर्तिवाङ स्थित निसीभूजी जनता क्याम्पसको सहयोगार्थ सन्चालित बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सव २०७५ हार्दिकता पूर्वक सम्पन्न भएको छ । मंसिर १५ गते शनिवार शुरु भएको महोत्सव आज मंसिर २२ गते शनिवार नै समापन गरिने कार्यक्रम रहेता पनि शुक्रबार राति अबेर सम्म रात्रिकालीन सभाको कार्यक्रममा महोत्सव समापन गरिएको हो ।

निसीभूजी जनता क्याम्पसलाई स्मार्ट क्याम्पसको रुपमा स्तरोन्नति गर्ने पुनित लक्ष्यका साथ शुभारम्भ गरिएको महोत्सवको प्रमुख अतिथी एवं ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले समुद्घाटन गरेका थिए भने महोत्सवको समापनको प्रमुख अतिथी पनि नगरप्रमुख नेपाली नै रहेका थिए । महोत्सवमा झण्डै रु २ करोड सहयोग संकलन भएको छ ।

हेरौँ केहि तस्वीरहरु

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *