आजको तस्वीर : स्थानीय तहको झल्को दिने चुनाव !

शव्द/चित्र : दिनेश शर्मा,

बागलुङ २०७५ मंसिर २२ । बागलुङ उद्योग वाणिज्य संघको नयाँँ कार्यसमितिको निर्वाचनका लागि मतदान जारीे छ । मतदान केन्द्र रहेको बालमन्दिर परिसरमा उमेदबार, मतदाता भन्दा बढी प्रचारकहरुको घुँईचो छ । स्थानीय तहको निर्वाचनको झल्को दिने संघको यस चुनावमा विहानै देखी बालमन्दिरमा भीड लागेको हो ।

निर्वाचनमा अध्यक्ष पदको लागि संघका बरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारी र महासचिव दयाराम पौडेलबीच प्रतिष्पर्धा भैरहेको छ । स्पष्ट दुई समुह खडा गरेर चुनावी मैदानमा निस्किएका उमेदवारहरु र उनका शुभचिन्तकहरु बाल मन्दिर वरपर बसेर आआफ्नो पक्षलाई मत मागी रहेका छन् । प्रचारकहरु, मतदातालाई नचिनी नचिनी बालमन्दिर परिसरमा जो देख्यो मत माग्दै गरेको रोचक दृश्य देखियो ।

साँझ ५ बजे मतदान सम्पन्न भएपछी मतगणना कार्य सुरु गरिने बताईएका छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *