५ बर्षिया बालिका सामुहिक बलात्कारको शिकार, अभियोगी पक्राउ !

प्रेम सुनार, बुटवल, २०७५ मंसिर २२ । गएराति रुपेन्देहीमा ५ बर्षिया बालिका सामुहिक बलात्कारको शिकार भएकी छन । देवदह नगरपालिका खैरेनी बजारकी दलित समुदायकी ५ बर्षिया वालिका ६ जना युवाद्धारा सामुहिक बलात्कारमा परेकी हुन ।

६ जना मध्ये सामुहिक बलात्कारको आरोपमा गएराती नै प्रहरीले देवदह नगरपालिका–६ का २२ बर्षिय लक्ष्मण बिक र वडा ७ का १८ बर्षिय जीवन खत्रीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम घर्तिले जानकारी दिए ।

रक्ताश्रावले आशक्त ती वालिकाको लुम्विनी अञ्चल अस्पतालमा उपचार भई रहेको र अहिले उनको होस खुलेर बोल्न थालेको प्रहरी निरीक्षक घर्तिले बताए । पक्राउ परेका ती दुई जनाले बलात्कार गरेको स्वीकार गरेको र अन्य चार जनाको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

ती वालिकाकी आमा सुत्केरी भएर माईतीमा बाबुले छोड्न गएकोले एक्लै घरमा रहेको बेला घर नजिकैको टहरोमा लगेर ती युवाहरुले बलात्कार गरेको जनाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *