पर्वतकी १७ बर्षिया मेनुका श्रेष्ठ कालीगण्डकीमा मृत फेला !

प्रेम सुनार, गुल्मी २०७५ मंसिर २२ । १३ दिन अघि घरबाट बेपत्ता भएकी गुल्मीको पुर्तिघाट स्थित जीवन उद्धार माध्यमिक विद्यालयकी विद्याथी १७ बर्षिया मेनुका श्रेष्ठ कालीगण्डकी नदीको मिर्मी ड्याम्ममा मृत फेला परेकी छन ।

पर्वतको बिहादी गाउँपालिका वडा नम्वर ३ रानीपानीकी श्रेष्ठ मंसिर ९ गते देखि घरबाट बेपत्ता भएकी थिईन । श्रेष्ठको मिर्मी ड्याममा सडेगलेको अवस्थामा शव फेला परेको सो वडाका वडाध्यक्ष रणबहादुर ओलीले जानकारी दिए ।

मिर्मीमा होटल व्यवसाय गर्दै आएका रतन कुँवरले शुक्रवार उनको शव देखे पछि प्रंहरीलाई खवर गरेका थिए । पारिवारिक श्रोतका अनुसार त्यस दिन बेपत्ता हुनु अघि श्रेष्ठले बाबु संग केहि काम देखाउँदै केहि रकम मागेकी थिईन ।

बाबुले पैसा नदिए पछि उनी रिसले चुर हुँदै घरबाट हिडेकी थिईन । त्यसैको झोकमा कालीगण्डकी नदीमा हामफालेको हुन सक्ने अनुमान स्थानियले गरेका छन । उनी त्यस विद्यालयको कक्षा ११ की विद्यार्थी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *