समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र समुदायबिच सहकार्य आवश्यक !

गल्कोट २०७५ मंसिर २१ । ईलाका प्रहरी कार्यालय गल्कोटका प्रमुख तथा प्रहरी नायव निरिक्षक मन बहादुर विकले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र समुदायबिच सहकार्य गर्नुपर्ने बताएका छन् । पछिल्लो समय गल्कोट क्षेत्रमा अपराधिक कृयाकलापहरु बढदै गईरहेकोले यसको न्यूनिकरणमा बन्दै प्रहरी शान्ति सुरक्षामा सकृय रहेको बताए ।

समाजमा कुनै अपराधिक कृयाकलाप गरेको पाईएमा सुरक्षा समिति र प्रहरीलाई खबर गर्न गरि सभ्य र समुन्नत समाज निर्माणमा सहयोग गर्न समुदायलाई आग्रह समेत गरे ।

गलकोट नगरपालिका वडा नं ७ मा प्रतिनिधिमुलक भेला आज सम्पन्न भएको छ । भेलाले वडा भित्रको शान्ति सुरक्षा र अपराधिक गतिविधि नियन्त्रण सॅगै न्यूनिकरण गर्न विभिन्न निर्णयहरु पारित गरेकोछ । वडा सरकार, ईलाका प्रहरी कार्यालय गलकोट, विभिन्न सामाजिक संस्थाहरु, होटल व्यावसायी, मदिरा पसल व्यावसायी, युवा वर्गको उपस्थितीमा वडा नं ७ भित्र मदिरा विक्री वितरण तथा सेवन गर्ने समय निर्धारण गरिएको छ । जस अनुसार असोज देखि फागुन महिनामा जाडो मौसममा बेलुका ५ बजेदेखि ७ बजेसम्म र चैत देखि भदौसम्म गर्मी मौसममा बेलुका ६ बजेदेखि ७ बजेसम्म मदिराजन्य पदार्थ रक्सी विक्री वितरण तथा सेवन गर्ने समय तोकिएको छ ।

नियमको उल्लङघन गरि अ‍ॅटेर गरेको पाईएमा पहिलो पटक रु ३ हजार, दोस्रो पटक रु ५ हजार र तेस्रो पटक रु १० हजार सहित थप कारबाही गरिने वडा सुरक्षा समिति खण्ड क का संयोजक लोक बहादुर थापाले जानकारी दिए । त्यस्तै तोकिएको समय भन्दा बाहिर अन्य ठाउॅमा मदिरा सेवन गरि आएमा समेत सेवनकर्तालाई यो नियम लागु हुने वडाले जनाएको छ । वडा भित्र २४ सै घण्टा जुवातास पुर्ण रुपमा निषेध गरिएको छ । जुन कनै समयमा जुवातास खेल्ने र खेलाउने गरेको पाईएमा माथि उल्लेखित जरिवाना पहिलो दोस्रो र तेस्रो पटक क्रमश ३ हजार, ५ हजार र १० हजार र थप कारबाही गर्ने निर्णय गरिएको छ ।

त्यसै गरि वडा भित्र सञ्चालनमा आएका तर नगरपालिकामा दर्ता नभएका सम्पुर्ण व्यावसायीहरुलाई आफनो व्यावसाय मंसिर मसान्तभित्र दर्ता गर्न समय सिमा तोकेको छ । वडा नं ७ भित्र शान्ति सुरक्षा कायम गर्न रातको समयमा युवाहरुद्वारा टोल तथा चोकमा गस्ती, प्रहरी गस्ती गर्ने, रातको समयमा हिडडुल गर्नु पर्ने भएमा सवारी साधान आवतजावत गर्नु परेमा वडा संयन्त्रलाई जानकारी गराएर मात्र आवत जावत गर्नु पर्ने समेत निर्णय गरेको छ ।

सो अवसरमा राजनैतिक दल, जनप्रतिनिधी, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, व्यावसायी, युवाहरुले आ(आफना धारणा सॅगै सुझाव राखेका थिए । भेला गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाको अध्यक्षता र सामाजिक संस्था घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *