बुर्तिवाङमा जारी बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सव आजै समापन गरिने !

लोकेन्द्र निरासी, बुर्तिवाङ २०७५ मंसिर २१ । बुर्तिवाङ स्थित निसीभूजी जनता क्याम्पसको सहयोगार्थ सन्चालित बागलुङ ढोरपाटन शैक्षिक एवं धार्मिक महोत्सव आजै राति समापन गरिने भएको छ ।

पूर्व निश्चित कार्यक्रम अनुसार भोलि मंसिर २२ गते महोत्सव समापन गरिने भएपनि महोत्सव मुल अयोजक समिति तथा विभिन्न उपसमितिहरुको बैठक बसी आजै राति भव्य र सभ्यरुमा समापन गर्ने निर्णय गरिएको आयोजक समितिले जनाएको छ ।

आजको दिवाकालीन सभाको प्रमुख अतिथी ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगर रहेका छन् । धार्मिक अनुष्ठान कार्य भैरहेको आयोजकले जानकारी दिए ।
दिवाकालीन सभा सम्पन्न भएपछी हुने सन्ध्याकालीन सभामा महोत्सव समापन गरिने कार्यक्रम रहेको छ । राति ११ बजे सम्म सन्ध्याकालीन सभामा महोत्सव समापनको घोषणा गरिने आयोजकले जानकारी दिएका छन् ।

हिँजो सम्म महोत्सवको समापन मंसिर २२ गते गर्ने जानकारी गराईएपनि आजै समापन गराउने आयोजक समितिले निर्णय गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *