बागलुङ-पन्चकोट केवलकार सन्चालन गर्न नदिन संघर्ष समिति गठन गर्ने चेतावनी !

बागलुङ २०७५ मंसिर २१ । बागलुङ बजारका केहि व्यवसायीहरुको पहलमा सर्वसिद्धिधाम पन्चकोट केबलकार प्रालि स्थापनागरी बागलुङ पन्चकोट केबलकार सन्चालन गर्न केवलकार निर्माणको प्रक्रिया सुरु गरेका समाचार प्रति आपत्ति जनाउदै नेपाली काँग्रेसको वडा नं ६ समितिले एक विज्ञप्ती प्रकाशित गरी बिरोध जनाएको छ ।

विज्ञप्तीमा बागलुङ नगरपालिकाको वडा नं ५,६ र ७ का नगरवासीहरुको राय, सल्लाह र सुझाव, नलिई एक्कासी केबलकार सन्चालन गर्ने समाचार प्रति नेपाली काँग्रेस बानपा वडा नं ६ को वडा कार्यसमिति घोर भत्सर्ना गर्छ भनिएको छ ।

विज्ञप्तीमा केबलकार सन्चालन किरुद्ध यस क्षेत्रका सम्पूर्ण बासिन्दाहरु एकजुट भएर संघर्ष समिति गठन गरिने पनि जनाईएको छ ।

यस धामको विकासको लागी यस क्षेत्र वरपरका बासिन्दाहरुले रातदिन नभनी आफ्ने मेहनत परिश्रम सबै यसै क्षेत्रमा खर्च गरिसकेको अवस्थामा यसको महत्वलाई प्रभाव पार्ने दुरासयका साथ बागलुङ उपल्लाचौर दावगरा देखी पन्चकोट सम्म सन्चालन गर्ने समाचार बाहिर आएको छ त्यो यस क्षेत्रका लागी खेदजनक भएको विज्ञप्तीमा जनाईएको छ । विज्ञप्तीमा यस क्षेत्रका जनताको रोजीरोटी मै समस्या पर्ने समेत उल्लेख छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *