नगरपालिकाको १० लाख डिपोजिट रकम सकिएपछी नेपाल एयरलाईन्सको बलेवा उडान बन्द !

बागलुङ २०७५ मंसिर २१ । नेपाल एयरलाईन्सले बलेवा-काठमाडौ-बलेवा बिमान सेवालाई निरन्तरा नदिने भएको छ । बागलुङ नगरपालिकाका नगरप्रमुख र नेपाल एयरलाईन्स बीच भएको संझौता अनुसार नगरपालिकाले डिपोजिट स्वरुप एयरलाईन्सलाई अग्रिम बुझाएको रु १० लाखमा रु ९ लाख ५२ हजार नपुग यात्रुहरुको भाडा कटाउदा जम्मा रु ४८ हजार मात्र नेपाल एयरलाईन्समा बाँकी रहेकोले संझौता नवीकरण नगरे बिमान सेवा सन्चालन नगर्ने जनाएको श्रोतले बतायो ।

अघिल्लो बिहीबार काठमाडौ बलेवा उडानमा ४ जना यात्रु लिएर बिमान बलेवा अवतरण गरेको र बलेवा काठमाडौँपनि ४ जना यात्रुहरु लिएर काठमाडौ उडान भरेको थियो । दुबै तर्फको उडानमा ८/८ जना गरी १६ जना नपुग यात्रुको झण्डै ९० लाख रुपयाँ नगरपालिकाले नेपाल एयर लाईन्सलाई क्षतीपूर्ति दिनु परेको थियो भने हिँजो बिहीबार काठमाडौँबाट १३ जना यात्रु लिएर बिमान आएपनि बलेवाबाट सानो बच्चा सहित ३ जना यात्रु लिएर बिमान पोखरा भएर काठमाडौ फर्किएको थियो । हिँजोको उडानमा नपुग ९ जना यात्रुको भाडा रु ५० हजार नगरपालिकाले एयरलाईन्सलाई तिर्नु पर्दा अब जम्मा रु ४८ हजार मात्र नगरपालिकाको रकम नेपाल एयरलाईन्समा डिपोजिट रहेको बुझिएको छ ।

साउन महिनाको प्रारम्भ देखिनै उडान स्थगित गरेको तारा एयरलाईन्स संग नगरपालिकाको करिब रु ४ लाख ३५ हजार डिपोजिट रकम बाँकी रहेकोले डिपोजिट रकम बाँकी रहेसम्म ताराले बिमान सेवा सन्चालनमा ल्याउन सक्ने विश्वास गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *