विकासको निम्ति राजनीतिक स्वार्थ भन्दा माथि उठी सबै जनता एक ढिक्का हुन नगरप्रमुख नेपालीको आग्रह !

टीकाराम भट्टराई,बुर्तिबाङ,२०७५ मंसिर २० । नगरप्रमुख देवकुमार नेपालीले विकासको निम्ति राजनीतिक स्वार्थ भन्दा माथि उठी सबै जनता एक ढिक्का भई लाग्नु पर्ने बताएका छन् । नगरप्रमुख नेपालीले ढोरपाटन नगरपालिका वडा नम्बर ६ को लाँकुरीबोट,सुब्जागाउँ हुदैँ घैयाखानी मोटरबाटोको बिहीबार उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

सुब्जागाउँ घैयाखानीबासीको खुसी आफ्नो पनि खुसी भएको उल्लेख गर्दै नेपालीले यसलाई सडक यातायातले छोएपछी यहाँको भौगोलिक, साँस्कृतिक रितिरिवाज र भाषाका कारण होम स्टेको सम्भावना रहेको बताए । यस मोटरबाटोलाई निकट भविष्यमै कालो पत्रे गर्ने उद्घोष समेत गरे ।

नगरप्रमुख नेपालीले आफुले जनतासगं गरेका प्रतिबद्घता जस्तो सुकै अबस्थामा पनि पुरा गरेरै छोड्ने बताउदै जनता र जनप्रतिनिधिको सहकार्यबाट नै हरेक कार्यहरुमा पारदर्शिता रहने भएकाले नगरपालिका भरका सम्पुर्ण गतिबिधिहरुको अनुगमन गरिने समेत प्रष्ट पारे ।

आ व २०७५/७६ मा नगरपालिकाबाट विनियोजित बजेट ४ लाख र स्थानियहरुको सहयोग र जनश्रम गरी कुल ११,११,०७५ लागतमा सो मोटरबाटोको निमार्ण भएको हो ।
उक्त मोटरबाटो ढोरपाटन नगरपालिका वडा नम्बर ६ को लाँकुरीबोट,सुब्जागाउँ हुदैँ घैयाखानी, बराहताल, म्याग्दी गुर्जाघाट, छेन्टुङ ढोरपाटन सम्म पुयाउने लक्ष्य राखिएको छ । सो अवसरमा नगरप्रमुख नेपालीले स्काभेटर चालक तथा सह–चालकलाई फुल मालाले सम्मान गरेका थिए भने सम्पुर्ण जग्गा दाता,सहयोगीहरुलाई धन्यवाद दिएका थिए ।


आफ्नो गाउँमा मोटरबाटो पुगे पछि सुब्जागाउँ, घैयाखानी बासीले नगरप्रमुख नेपालीको उच्च सम्मान गर्दै बाजागाजा सहित अबिर फुल मालाले स्वागत गरेका थिए ।

वडा नम्बर ६ का वडा अध्यक्ष जीवन कुमार पुनको अध्यक्षता रहेको कार्यक्रममा दिपक कुमार छन्त्यालको स्वागत मन्तब्य र उपभोक्ता समितिका सचिब सुनिल कुमार घर्ती मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

उद्घान कार्यक्रममा उप प्रमुख करमती पुन, प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेल, वडा नम्बर १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, नेकपाका दधिराम शर्मा, नगरप्रमुखका स्वकिय सचिब केशर छन्त्याल, कार्यपालिकाका सदस्य थम प्रसाद छन्त्याल, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *