आज सम्म महोत्सवमा रु १ करोड ५५ लाख ३४ हजार संकलन !
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल अर्याल दम्पतिबाट रु २५ लाख २५ हजार सहयोग दिने घोषणा !

अर्याल दम्पतिलाई बाजागाजा सहित भव्य स्वागतका बीच सन्ध्याकालीन समारोहमा ल्याईदै !

लोकेन्द्र निरासी, बुर्तिवाङ २०७५ मंसिर २० । बुर्तिवाङमा जारी बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सवमा आज निसीभूजी जनता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवं महोत्सव समारोह समितिका अध्यक्ष चन्द्रलाल अर्याल तथा उनकी श्रीमती दिलकुमारी अर्यालको नाममा रु २४ लाख मुल्य बराबरको जग्गा दान गरेका छन् । अध्यक्ष अर्यालले रु १ लाख २५ हजार ५ सय २५ नगद प्रदान गरेका छन् । अध्यक्ष अर्याल तथा श्रीमती दिलकुमारी अर्यालबाट दान स्वरुप प्राप्त जग्गा क्याम्पसले आजै विक्री गरी नगद २४ लाख रुपयाँ जम्मा गरिएको समितिका महासचिव उत्तम महतले ईबागलुङलाई जानकारी दिए ।

आजै केहि समय पश्चात महोत्सवको सन्ध्याकालीन कार्यक्रममा अध्यक्ष अर्यालले रु २५ लाख २५ हजार ५ सय २५ नगद दान दिने घोषणा गर्ने कार्यक्रम रहेको छ ।
अहिले अध्यक्ष अर्यालको निवासमा बिशाल जनसमुह उनको स्वागतका लागी भेला भएका छन भने केहि समय पछी बाजा सहित स्वागत गर्दै महोत्सव स्थलमा ल्याईने कार्यक्रम रहेको आयोजकको भनाई छ ।

महोत्सवको आजको दिवाकालीन कार्यक्रममा प्राप्त रु ५५ लाख ६८ हजार ८ सय ३० सहित आज सम्म महोत्सवमा जम्मा रु १ करोड ५५ लाख ३४ हजार ५ सय ८७ रुपयाँ सहयोग प्राप्त भएको महासचिव महतले बताए ।

आजको दिवाकालीन महायज्ञमा सभानायक धनसरी कँडेल थिइन् । सोहि कार्यक्रममा नरिश्वर कँडेल, जीवलाल कँडेल, तुलसीराम कँडेल निमलाल कँडेल चारभाईले रु १५ लाख मुल्य बराबरको जग्गा दान गरेको आयोजकले जानकारी दिए । आजको महोत्सवका प्रमुख अतिथी क्षेत्री समाज बुर्तिवाङका अध्यक्ष गुन्जबहादुर भण्डारीले क्याम्पसको बिकासका निम्ति रु २ लाख ११ हजार १ सय ११ नगद प्रदान गरेका छन् ।

आज नै बडीगाड गाउँपालिकाबाट रु ५ लाख ३ हजार ३ सय ३३ रुपयाँ सहयोग प्रदान गर्ने उदघोस गरिएको छ भने काठमाडौँका समाजसेवी नहकुल शेरचनबाट रु १ लाख नगद दान प्राप्त भएको आयोजकले जानकारी दिए ।

हिँजो महोत्सवमा श्रद्धालुहरुबाकट रु ९ लाख २ हजार ७ सय ३३ रुपयाँ संकलन भएको थियो । हिँजोको कार्यक्रममा गल्कोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा मगरले नगरप्रमुख संग सल्लाह गरी यस महोत्सवलााई सहयोग गर्ने बचन बद्धता गरेकी थिईन् ।

शैक्षिक तथा धार्मिक महोत्सवमा प्रत्येक दिन विहान ७ बजेदेखि पूजा अर्चना, पाठ पारायण त्यसैगरी १० बजेदेखि ४ बजेसम्म कथा वाचन, प्रवचन र झाँकी प्रदर्शन, साँझ ७ बजेदेखि १० बजेसम्म भजन किर्तन र कथा प्रवचनका साथै प्रत्यक दिन विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म धार्मिक अनुष्ठान र विधिपूर्वक शान्ति कलश एवं भगवानको पूजा अर्चना गरिने महोत्सवका शैक्षिक अभियान्ता ब्रम्हाण ईश्वर शरण महाराजले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *