निर्मला पन्तको हत्यामा उनकै छिमेकी प्रदीप रावल संलग्न रहेको खुलासा !

बागलुङ २०७५ मंसिर २० । मुलुकभर ‘सरकार भेटियो न्याय भेटिएन’ भनेर कन्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछी हत्या गर्ने हत्यारालाई पक्राउ गर्न सरकार असफल भएको भन्दै आन्दोलन चर्कि रहेको बेलामा उनका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएको समाचार प्रकाशमा आएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले घटना स्वीकार गरेको बताईएको छ।

निर्मलाको हत्या घटना पछी फरार रहेका रावल भारतमा बस्ने आफ्ना बाबुआमा संग गएका थिए । चार महिना भारतमा बसेर उनी केहि दिन पहिले मात्र काठमाडौँ आएको सूचनाको आधारमा प्रहरीले उनलााई प्रक्राउ गरेको थियो ।

तस्वीर-केहि दिन पहिले बागलुङ बजारमा महिलाहरुव्दारा सरकार भेटियो न्याय भेटिएन भनेर सडकमै सुतेर न्याय माग गदैँ । तस्वीर:सुमन जीसी, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *