समुदाय प्रहरी साझेदारी सम्वन्धी अवधारणा पत्रमा छलफल सम्पन्न !

बागलुङ २०७५ मंसिर २० । जिल्ला प्रहरी कार्यालय, बागलुङको आयोजनामा बुधबार स्थानीय बाल मन्दिर आधारभूत विद्यालयको सभाहलमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रहरी उपरीक्षक दीपक रेग्मीले समुदाय प्रहरी साझेदारी सम्वन्धमा अवधारणापत्र प्रस्तुत गरेका छन् । सो अवसरमा सो अवधारणा पत्रमाथी छलफल र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बागलुङ नगरपालिकाकाक नगरप्रमुख जनकराज पौडेलको प्रमुख आतिथ्यतामा भएको अभिमुखीकरण कार्यक्रममा प्रहरी विद्यालयका सम्पर्क समितिका ७८ जना प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *