रिघा तथा दगातुन्डाडा स्वास्थ्यचौकीमा महिला स्वास्थ्य स्वयंसेविका दिवस, स्वयंसेविकाहरु सम्मानित !

कमल पौडेल, बडिगाड बागलुङ २०७५ मंसिर २० । १५ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस बुधबार देशै भर मनाइएको छ । “महिला स्वास्थ्य स्वयं सेविकाको निस्वार्थ सेवा, स्वास्थ्य समृद्धि, राष्ट्र निमार्णमा टेवा” भन्ने नारा सहित देशै भर दिवस मनाइएको हो ।

यसै विच बडिगाड गाउँपालिका वडा नं. १ दगातुन्डाडा स्वास्थ्य चौकीमा पनि महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । सो कार्यक्रममा साविक दगातुन्डाडा गाविस भित्र काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्यवाट गोमा गिरी, पवित्रा थापा, तथा आशा वुढाथोकीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा बडीगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदी, सुआहारा जिल्ला कार्यक्रम संयोजक चिरन्जीवी दाहाल, खड्कदेवी माविका ऋषिराम भण्डारी, वडा नं. १ का वडा सदस्य नरेन्द्र घर्ती, महिला स्वास्थ्य स्वयंसेविका डिप्लोमा खरेल, गोमा गिरी, लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम वडा अध्यक्ष वोम वहादुर थापाको अध्यक्षता, अनमी सचिना शाक्यको स्वागत मन्तव्य तथा स्वास्थ्यचौकी इन्चार्ज यान वहादुर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
त्यस्तै गल्कोट नगरपालिका वडा नं. ११ रिघामा पनि महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । “महिला स्वास्थ्य स्वयं सेविकाको निस्वार्थ सेवा, स्वास्थ्य समृद्धि, राष्ट्र निमार्णमा टेवा” भन्ने नारा सहित कार्यक्रम रिघा स्वास्थ्य चौकीमा भएको थियो ।

कार्यक्रममा यो वर्षभरमा राम्रो गर्ने स्वयंसेविकाहरु मध्येवाट उत्कृष्ट तिन जनामा पर्ने चन्द्रा रामजाली सिंजाली, भिमा श्रीस र लालमाया घर्तीलाई सम्मान गरिएको छ।
कार्यक्रम रिघा स्वाथ्य चौकीका एच.ए. हरि थापाको अध्यक्षता, इन्चार्ज कोपिला थापाको संचालनमा सम्पन्न भएको थियो।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका गंगा श्रीस र चन्द्र रामजाली सिँजालीले मन्तव्य व्यक्त गरेका थिए । नेपालमा २१ वर्ष अगाडि देखि महिला स्वास्थ्य स्वयंसेविकाहरुले काम गर्न सुरुवात गरेपनि विगत १५ वर्ष देखि हरेक डिसेम्वर ५ तारिकमा महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइदै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *