युवा गजलकार अन्चल शाहीका तीन गजल !

बन्दले सतायो

हाम्रो सुन्दर शान्त देशलाई, व्दन्दले सतायो
कठै ! बिचरा नेपालीलाई, बन्दले सतायो

मुलुक चलाउने पार्टीहरुनै, हुन् हैन त र?
तर उनिहरुलाई कठिन पार्ने,परिबन्दले सतायो

छि छि छि छि नाक थुनेर,हिड्नु पर्ने भो अब
राजधानीलाई फोहोरको,दूर्गन्धले सतायो

कैले तेल मट्टीतेल छैन,कैले ग्यास र बिजुली बत्ति
सधैं अभाबको जिन्दगी,बिलखबन्दले सतायो

शासक कै ठूलो कमजोरी,नेतृत्व नै हो दोषी
के पि, देउवा,नेत्र,बाबुराम, माकुने र प्रचण्डले सतायो !

कसै कसैका

क्या नशालु छन, नजर कसै कसैका
हेरिरहु लाग्ने, अधर कसै कसैका

बिहे गरिसके, मैले कसरी पुरा गरुला
धेरै होलान रहर, ति कसै कसैका

प्रिय तिमी बिना, बाच्दिन म एकपल
यस्तै आउछन, खबर कसै कसैका

इक्ज्याममा सोधिने, प्रश्न म हुनुपर्छ
गलत हुन्नन, उत्तर कसै कसैका

यती म ठोकुवा, दिएर भन्न सक्छु
गजल हुनेछन, अमर कसै कसैका !!

बेकार छ

नचाहिने कुरामा आँशु झार्नु बेकार छ
चाहिने कुरामा भोलि भन्दै भाका सार्नु बेकार छ !
जीवनमा जे हुन्छ सबै, समयले र भाग्यले गर्दा हुन्छ
निरन्तर प्रयास गर्नुपर्छ सँधै, हिम्मत हार्नु बेकार छ !

अन्चल शाही
निसीखोला गाउँपालिका, बोहोरागाउँ, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *