समाजले महिला माथि हेर्ने गलत दृष्टीकोणका कारण महिला हिसांका बृद्धी – अधिवक्ता शर्मा

कोपिला कंडेल, बागलुङ, २०७५ मंसिर १९ । लैङ्गिक हिसां सबैको साझा मुद्दा बन्नुपर्ने जिल्ला स्थित तिन महिला नेतृले बताएका छन् ।

लैङ्गिक हिसां बिरुद्धको १६ दिने अभियानका अवसरमा धौलागिरी संचार क्लब बागलुङले बुधबार आयोजना गरेको पत्रकार साक्षात्कार कार्याक्रममा बोल्दै तीन महिला नेतृले हिसां रहित समाज निर्माणका लागि सबै सरोकारवाला राजनितिक आस्था भन्दा माथि उठ्नुपर्नेमा जोड दिए ।

सो अवसरमा बोल्दै अधिवक्ता एबं अ.ने.म सघंका केन्द्रिय सदस्य ममता शर्माले समाजले महिला माथि हेर्ने गलत दृष्टीकोणका कारण महिला हिसांका बढ्दै गएको बताईन । उनले महिला माथि शारीरिक तथा मानसिक हिसांका घटना बढ्दै गएको चर्चा गर्दै सबैको साझा अभियानबाट मात्र लैङ्गिक हिसांको अन्त्य गर्न सकिनेमा जोड दिईन । शर्माले जिल्लामा महिला बिकास कार्यालय एबं अल्पकालीन सेवा केन्द्र नरहदा हिसां पीडितलाई न्याय दिन कठिनाई भएको बताईन । उनले महिला सशक्तिकरणका कार्यक्रममा स्थानिय तहको भुमिका प्रभावकारी हुन नसकेको धारणा समेत ब्यक्त गरिन ।

त्यसैगरी महिला अधिकारकर्मी एबं नेपाल महिला सघंका जिल्ला अध्यक्ष शकुन्तला शर्माले लैङ्गिक हिसां बिरुद्धको १६ दिने अभियान मनाईरहदा जिल्लामा रुपा गौतम लगायतका हत्यामा संलग्नलाई पत्ता लगाउन नसक्नु दुखद भएको बताईन् । उनले गौतम हत्या काण्ड लगायत महिला माथि हुने सबै प्रकारका हिसां न्युनिकरणका लागि सबै सरोकारवाला जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा जोड दिईन । महिला माथि बिशेष गरी सामाजिक आर्थिक र राजनीतिक हिसां हुने गरेका छन् महिला नेतृ शर्माले भनिन्, यौन हिसां र बलात्कार जस्ता जघन्य अपराधका घटनाको अन्त्यका लागि राज्यले बिशेष निती अवलम्बन गर्नुपर्दछ ।

त्यसैगरी अन्र्रपार्टी महिला संजालका मञ्जु क्षेत्रीले महिला हिसां न्युनिकरणका लागि राज्यले बिशेष ध्यान दिनुपर्नेमा जोड दिईन । उनले न्याय प्राप्तीका लागि महिलाहरुनै सशक्त हुनुपर्नेमा जोड दिईन् । क्षेत्रीले महिला सशक्तिकरणका लागि सबैले ध्यान पुर्याउनुपर्ने बताईन ।

कार्यक्रम धौलागिरी संचार क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता र सदस्य कृष्ण कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *