ढोरपाटन नगरपालिका स्तरीय अखिल नेपाल महिला संघ गठन !

सुमन सुनार, बुर्तिवाङ २०७३ चैत १ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघको ढोरपाटन नगरपालिका स्तरीय समिति गठन भएको छ । नगरस्तरीय महिलाहरुको भेलाले दुर्गादेवी घर्ती मगरको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो । जस्को उपाध्यक्षमा तालकुमारी अदै, सचिवमा गीता सापकोटा, सहसचिवमा हुमी दर्जी तथा कोषाध्यक्षमा सुनमायाँ घर्ती मगर सहित अरु सदस्यहरु रहेका छन् ।

एरिया अध्यक्ष सुनमायाँ घर्तीको अध्यक्षता रहेको भेलामा बोल्दै प्रमुख अतिथी अखिल नेपाल महिला संघका जिल्ला उपाध्यक्ष दुर्गादेवी घर्तीले, महिलाहरुलाई तत्काल नगरस्तरीय विभिन्न वडाहरुमा कमिटेड बनाउँदै, स्थानीय तहको निर्वाचनका लागि उमेदवार बनाउँदै लैजानु पर्ने बताएकी थिईन् । त्यस्तै राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य गौरीश्वर पाण्डेले यस ढोरपाटन नगरपालिकामा अखिल नेपाल महिलासंघका तर्फबाट विभिन्न वडाहरुमा उमेदवार बनाएर राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रचार प्रसारमा लाग्न महिलाहरुलाई निर्देशन दिएका थिए ।

कार्यक्रममा जातिय समता समाज ढोरपाटन नगरपालिका स्तरीय समितिका अध्यक्ष पनबहादुर विश्वकर्मा, राष्ट्रिय जनमोर्चा एरिया अध्यक्ष धनबहादुर अदै, अखिल नेपाल युवक संघका पार्वती दर्जी लगायतले मन्तव्य राखेका थिए ।

भेला कमला पाण्डेको स्वागत मन्तव्य तथा गीता सापकोटाको सञ्चालनमा सम्पन्न भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.