महायज्ञको चौथो दिन सम्ममा रु ९० लाख ५६ हजार ४ सय ३० संकलन !
सांसद पौडेलले गरे, रु ५ लाख दिने घोषणा ! सभानायक छन्त्यालले दिए रु २ लाख २२ हजार २ सय २२ !

क्याम्पसको भौतिक संरचना निर्माणको लागी रु ४० लाख छुट्टाएको छु- सांसद पौडेल

दिनेश शर्मा, बुर्तिवाङ २०७५ मंसिर १८ । बुर्तिवाङमा जारी बागलुङ ढोरपाटन शैक्षिक एवं धार्मिक महोत्सवमा आज चौथो दिन रु ९ लाख ६१ हजार २ सय ६३ संकलन भएको छ ।

बुर्तिवाङ स्थित निसीभूजी जनता क्याम्पसलाई स्मार्ट क्याम्पसको रुपमा बिकास गर्न आयोजना गरिएको शैक्षिक एवं धार्मिक महोत्सवको चौथो दिनमा समाजसेवी हिरालाल छन्त्याल सभा नायक रहेका छन भने सांसद देबेन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको छ ।

आज महायज्ञमा सभानायक छन्त्यालबाट रु २ लाख २२ हजार २ सय २२ रुपयाँ सहयोग प्रदान गरेका छन् भने प्रमुख अतिथी सांसद पौडेलले आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख रुपयाँ सहयोग गर्ने घोषणा गर्नुका साथै क्याम्पसको भौतिक निर्माणको लागी रु ४० लाख छुट्टाएको जानकारी दिए ।

सोहि कार्यक्रममा जनता सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल ५५ हजार ५ सय ५५, समाजसेवी वीरबहादुर कुँवर तथा जीतादेवी कुँवरबाट रु ५५ हजार ५, समाजसेवी लोकबहादुर कुँवर तथा हुमी कुँवरबाट रु ५१ हजार ५ रुपयाँ, समाजसेवी कृष्ण बहादुर अधिकारीबाट रु ११ हजार १ सया ११, समाजसेवी सुशिला अधिकारीबाट रु ५ हजार १ सय ११, वडिगाड गा पा ७ की समीक्षा के सी ले रु ५५०,रुपा रायमाझी ले रु ५५०,माया केसीले रु ५५०,लिला कुवंरले रु १००९,सुन्तली सुनारले रु २१०५,ढोरपाटन नगरपालिका वडा नम्बर २ का चिन्तामणि चालिसे द्घारा रु १०५०,बुर्तिबाङका ओम प्रकास गौचन द्घारा ५०००,इन्द्र बहादुर महत क्षेत्री द्घारा रु १५००, र बुर्तिबाङकै मैने बिश्वकर्मा द्घारा रु २५०५ र अन्य भेटी समेत गरी ९ लाख ६१ हजार २ सय ८३ सङ्कलन भएको महोत्सबका महासचिव उत्तम महतले जानकारी दिए । महासचिव महतले महायज्ञको चौथो दिन सम्ममा रु ९० लाख ५६ हजार ४ सय ३० संकलन भएको ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *