तिनाउमा मोटर साईकल खस्दा एकको मृत्यु

बुटवल, २०७५ मंसिर १८ । मंगलबार विहान पाल्पाको तिनाउ गाउँपालिका वडा नम्वर ३ को हेडवक्र्स भन्ने स्थान नजिकैको सडकबाट मोटर साईकल तिनाउ खोलामा खस्दा त्यसमा सवार एक जनाको ज्यान गएको छ ।

लु ३० प ४१९३ नम्वरको मोटरसाईकल बुटवल तानसेन सडक खण्डबाट खस्दा तानसेन नगरपालिका–९ मदनपोखराका ३७ बर्षिय गणेश रेग्मीको ज्यान गएको पाल्पाका प्रहरी प्रमुख एसपी बिश्वमणि पाखरेलले जानकारी दिए ।

उनका अनुसार बुटवलबाट आउँदै गरेका रेग्मीले अर्को सवारी साधन बचाउने प्रयास गर्दा मोटरसाईकल खोलामा खसेको थियो । प्रहरीले रेग्मीको शव खोलाबाट बाहिर निकालेको छ । एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *