काजी रोशन साहित्य पुरस्कार शान्ताश्री महाकाव्यका काव्यकार बाजुराम पौडेललाई !

बागलुङ २०७५ मंसिर १८ । ३४ वर्ष अघि स्थापना भएको ‘काजी रोशन साहित्य पुरस्कार-२०७४’ भब्य समारोह बिच शान्ताश्री महाकाब्यका काब्यकार बाजुराम पौडेललाई प्रदान गरिएको छ ।

प्रमुख अतिथि उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले दोसल्ला, सम्मान पत्र र नगदले सम्मान गरेका थिए भने विशिष्ठ अतिथि न्यायाधीश हरिप्रसाद पौडेलले टीका माला लगाइ दिएका थिए ।

समारोहमा धवलागिरी साहित्य प्रतिष्ठानमा लामो समय सेवा गरेका डा।षडानन्द पौड्याल, डा।साधना प्रतीक्षा, सह प्रा लक्ष्मी प्रसाद शर्मा, उप प्रा मुक्तराज उपाध्याय, वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मालाई धवलागिरी साहित्य सेवा सम्मान प्रदान गरिएको थियो।

सो अबसरमा काजी रोशन द्वारा सम्पादित वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा पौडेल ब्यक्तित्व र योगदान बिमोचन भएको थियो। शान्ताश्रीको सह प्रा हरिप्रसाद गौतम र ब्यक्तित्व योगदान पुस्तकको उप प्रा गणेशप्रसाद शर्माले परिचय प्रस्तुत गरेका थिए।

यसैबिच विभिन्न समयमा काजी रोशनले प्राप्त गरेको पुरस्कार, सम्मानको रकम रु ३०,हजार प्रतिष्ठानलाई हस्तान्तरण गरिएको थ्यिो ।

बक्ताहरुमा पुरस्कृत बाजुराम पौडेल, डा षडानन्द पौड्याल, डा साधना प्रतीक्षा, क्या प्र सुवास पन्त, चन्द्रबहादुर लामिछाने, पद्मनाथ शर्मा रहेका थए ।

समारोहमा सुरुमा पुरस्कृतहरुको नाममा १३ पाला र पछि १ गरि १४ वटा बत्ति बालिएको थियो ।

समारोहमा प्रमुख अतिथिलाई प्रतिष्ठानका अध्यक्ष काजी रोशनले उपहार र आभार पत्र प्रदान गरेका थिए।

समारोहको स्वागत सदस्य ,उप प्रा हरि प्रसाद पाण्डे र सन्चालन सदस्य सचिव राम थापा अविरलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *