बडीगाड गाउपालिका सधै फरक क्षमता भएका ब्यक्तिहरुको साथमा – अध्यक्ष पाइजा

दिनेश शर्मा, बडीगाड २०७५ मंसिर स१७ । २७औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आज बडीगाड गाउपालिकामा फरक क्षमता भएका ब्यक्तिहरुको एक कार्यक्रम सम्पन्न भएको छ ।

मलाइ गणना गर मलाइ समाबेश गर भन्ने मुल नाराका साथ बडीगाड अपाङ्ग सन्जालले आयोजना गरेको कार्यक्रममा अपाङ्ग सन्जाल बडीगाडका अध्यक्ष महानन्द घिमिरेको अध्यक्षता बडीगाड गाउपालिका अध्यक्ष मेहरसिंह पाइजाको प्रमुख आतिथ्यता रहेको थियो ।

अपाङ्ग सन्जालका सदस्य लाल बहादुर कुवरको सन्चालन रहेको कार्यक्रममा प्रमुख अतिथी पाइजाले हरेक मानिसमा कुनै न कुनै फरक र बिशिस्ट खालको क्षमता हुन्छ भन्दै फरक क्षमता भएका ब्यक्तीबाट राज्यले धेरै कुराबाट लाभ लिनसक्ने भन्दै बडीगाड गाउपालिका सधै फरक क्षमता भएका ब्यक्तिहरुको साथमा रहेको र सम्मानका साथ सहयोग गर्न तयार रहेको बताए।\

कार्यक्रमा गाउपालकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप चन्द्र सुवेदी लगायत विभिन्न महानुभावहरुको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *