बिध्यालयको सस्थापक प्रअ एवं पूर्वउपप्रधानमन्त्री केसी सम्मानित !

गल्कोट काँडेबास २०७५ मंसिर १७ । जन जागृति माध्यमिक बिध्यालय काडेवासले पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीलाइै एक कार्यक्रमका वीच सम्मानित गरेको छ ।

बिद्यालयको हिरक जयन्ती समारोहमा पूर्व उपप्रधानमन्त्री केसस् बिरामी हुनाले उपस्थित हुन नसकेका कारण उहाँलाई बिध्यालयका प्रअ तेजेन्द्र बुढाथोकी ,बिध्यालय ब्यवस्थापन समितीका अध्यक्ष बेदीलाल सापकोटा , हिरक जयन्ती आर्थिक समितीका संयोजक नारायण प्रसाद सापकोटा साथै ब्यवस्थापन समितीका सल्लाहकार अग्निधर कंडेलले खादा र अविरले सम्मान गरेका हुन् । सम्मानित व्यक्तित्व बिध्यालयको सस्थापक प्रअ पनि हुन् ।

त्यस्तै चन्दादाता भिम केसीलाई पनि सम्मानित गरिएको छ। गनपा ९ रिस्मी निबासी युवा समाजसेवी भिम केसीलाई पनी अविर र खादाले सम्मान गरिएको छ।

राष्ट्रिय जनमोर्चा का अध्यक्ष केसीको आफ्नै जीवनको वृत्तचित्र निर्माणको सन्दर्भ तथा बाल प्रा बि गल्यांगको रजत जयन्ति अवसरमा गल्कोटमा आएको अवसरमा उनलाई सम्मानित गरिएको हो। वृत्तचित्रमा पंचायतकालीन भुमिगत कालमा उनी भूमिगत भएको स्थानहरु समावेस गरिएको छ।

यसै क्रममा उनी संगै अध्यापन गरेका स्व बिहारीलाल गौचनको परिवारलाई समेत केसीले भेट गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *