७३ वर्षको उमेरमा नागरिकताको प्रमाण पत्र !

बागलुङ २०७५ मंसिर १७ । आज जैमिनी नगरपालिकाका एक जना ७३ वर्षिय बृद्धले नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका छन् ।

बिसं २००२ साल पुस १५ गते जन्मिएका भुपाल बहादुर थापामगरले नागरिकताको प्रमाणपत्र नबनाएका कारण सामाजिक सुरक्षा भत्ता समेत लिन पाएका थिएनन् । सामाजिक सुरक्षा भत्ता पाईने उनलाई जानकारी नभएको बुझिएको छ । उनी कहिले भारत रोजगारीका जाने गर्दा उनलाई यसको जानकारी नभएको बताईएको छ ।

केहि वर्ष देखी घरमै बस्दै आएका थापाले आज जैमिनी नगरपालिका वडा ७ को सिफारिस लिएर आफ्नो छोरा र गाउँका भद्रभलाद्मी सहित आएर नागरिकताको प्रमाण पत्र लिएका हुन् ।

उनलाई प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *