राजभण्डारीको प्यानल जिताउन ट्रेड युनियन काँग्रेसको समिति

बागलुङ २०७५ मंसिर १७ । नेपाल ट्रेड युनियन काँग्रेसले आसन्न बागलुङ उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार युवराज राजभण्डारीको प्यानललाई सघाउनका लागी आफ्ना आवद्ध संस्थाहरुलाई आग्रह गरेको छ ।

आईतबार बसेको कार्यसमितिको बैठकले राजभण्डारीको प्यानललाई आवद्ध संस्थामा रहेका सम्पुर्ण व्यवसायीहरुलाई मतदान गर्न आग्रह गरेको छ । युनियनले अध्यक्ष ईश्वर ठाकुर पौडेलको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन प्रचार प्रसार तथा जिम्मेवारी बाडफाँड समिति समिति गठन गरेका छ ।

बैठकले क्षेत्रगत रुपम पनि प्रचार प्रसार उपसमिति गठन गरी संयोजक तथा सदस्यहरु तोकेको छ । बुर्तिबाङ क्षेत्रको संयोजकमा निर्मा श्रीष, गल्कोट क्षेत्रमा भिम सापकोटा, काठेखोला क्षेत्रमा जगुपती कंडेल, बलेवा क्षेत्रमा चन्द्रदत्त रेग्मी बागलुङ नगरपालिका क्षेत्रमा पिंगला जिसी, र जैमिनी क्षेत्रमा चुडामणी शर्मा आचार्यलाई संयोजक तोकेको छ ।

आगामी २२ गते हुने निर्वाचनमा सवै संयोजकहरुलाई उद्योग बाणिज्य संघका सवै उम्मेदवार सँग समन्वय गरी सहयोग गर्ने निर्णय अध्यक्ष पौडेलले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *