बागलुङ जिल्लालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्नु पर्नेमा प्रजिअ खरेलको जोड !

सुमन जि.सी. बागलुङ, २०७५ मंसिर १६ । प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बागलुङ जिल्लालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

धौलागिरीको एक मात्र आँगीक क्याम्पसका रुपमा रहेको धौलागिरी बहुमुखी क्याम्पसमा आईतावार आयोजित बिबिए कार्यक्रम शुभारम्भ समारोहमा बोल्दै प्रमुख अतीथी खरेलले सो कुरा बताएका हुन् ।

शिक्षा विना विकास सम्भव नभएको भन्दै खरेलले नेपालभरका विद्यार्थीहरुलाई बागलुङमा बिबिए अध्ययनका लागि आउने वातावरण सिर्जना गरी शैक्षिक क्षेत्रको माध्यमवाट जिल्लाको समग्र विकासमा सहयोग गर्नुपर्ने बताए । पछिल्लो समयमा धौलागिरि बहुमुखी क्याम्पसले आम जनमानसमा राम्रो प्रभाव छोड्न सफल भएको भन्दै उनले क्याम्पस प्रशासन र स्वतन्त्र विद्यार्थी युनियनको प्रशंसा समेत गरे ।

कार्यक्रममा जनप्रतनिधिहरुको तर्फवाट बागलुङ नगरपालीका वडा नं. २ का अध्यक्ष जीवन आचार्यले क्याम्पसको शैक्षिक विकासमा स्थानीय तहबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमकै क्रममा जिल्ला स्थित वित्तीय संस्थाहरुको तर्फवाट बोल्दै नेफ्स्कुनका सञ्चालक एवं सिवाईसीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले क्याम्पसले गुणस्तरीय र दक्ष जनशक्तिको उत्पादन गरेमा उनीहरुको रोजगारीको जिम्मा आफुहरुले लिने ग्यारेन्टी गरेका थिए ।

कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पस प्रध्यापक संघका अध्यक्ष विजयराज पन्त, कर्मचारी संघका अध्यक्ष शिवप्रसाद पाध्या, बैंकहरुको तर्फवाट ऐभरेष्ट बैंक बागलुङ शाखाका प्रवन्धक सुनील खनाल, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीस, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी, स्ववियु सभापती मनवहादुृर थापा (मनिष) लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष देववहादुर श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वि.वि.ए. कार्यक्रमको बारेमा जानकारी वि.वि.ए. कार्यक्रम संयोजक विप्लव शर्माले गराएका थिए ।

प्रवेश परीक्षा पास गरेर भर्ना भएका विद्यार्थीहरुलाई कार्यक्रमका अवसरमा खादा र फुलले स्वागत गरिएको थियो ।

धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख डा. रामप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत विभागीय प्रमख यमप्रसाद शर्मा र सञ्चालन सहायक क्याम्पस प्रमुख ध्रुवराज शर्माले गरेको स्ववियु सचिव विष्णुराज पौडेलले जानकारी दिए । त्रिभुवन विश्व विद्यालयले धौलागिरी बहुमुखी क्याम्पसलाई वि.वि.ए. कार्यक्रम सञ्चालनका लागि सम्वन्धन दिएपछि यहाँबाट पढ्नका लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *