मन्त्री चुमान र नगरप्रमुख नेपालीबीच नबीगाउँका अग्निपीडितको व्यवस्थापन र नमुना बस्ती बारे छलफल !

दिनेश शर्मा, गल्कोट २०७५ मंसिर १६ । गण्डकी प्रदेशका आन्तरिक मामिला एवं कानून मन्त्री हरिबहादुर चुमान र ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीबीच हालै ढोरपाटन नगरपालिका- ९ को नवीगाउँका अग्निपीडित ३० घरका ४८ परिबारको पुनर्वासलाई लिएर विशेष बार्ता भएको छ ।

ढोरपाटन नवीगाउँका अग्निपीडितहरुलाई राहत वितरण गरेर पोखरा फर्किरहेका प्रदेश मन्त्री चुमान र नगरपमुख नेपाली बीच बार्ता भएको हो । नगरप्रमुख नेपाली आफ्नै लगानीमा सन्चालित गल्कोट हटिया स्थित इमेज ऋण तथा बचत सहकारीको निरीक्षणमा जाँदै गर्दा खर्वाङमा भेट भएको हो ।

भेटमा प्रदेश मन्त्री चुमान र नगरप्रमुख नेपाली बीच भएको बर्तामा नवीगाउँका अग्निपीडितहरुलाई व्यवस्थित गर्ने र नमुना बस्ती बनाउने भन्ने सन्दर्भ निकै गम्भीर छलफल भएको बुझिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *