बागलुङ जिल्लामा ४ नगरपालिका र ६ गाउँपालिका कायम : को को तोकिए प्रमुख ?

पर्वत जिल्लामा कुस्मा र फलेबास दुई नगरपालिका तथा पाँच गाउँपालिका कायम !

बागलुङ २०७३ चैत १ । एक जिल्ला विकास समिति, एक नगरपालिका र ५९ गाउँ विकास समिति रहेको बागलुङ जिल्लामा स्थानीय तहको नयाँ पुनर्संरचना अनुसार फागुन मसान्त देखि बागलुङ जिल्लामा ४ नगरपालिका र ६ गाउँपालिका कायम भएका छन । जिविस जिल्ला समन्वय समितिमा रुपान्तरण भएको छ भने गाविसहरु वडामा परिवर्तन भएका छन ।

जिल्ला समन्वय समितिका प्रमुख रामप्रसाद आचार्यले निसी गाउँपालिकामा दिपक शर्मा, ढोरपाटन नगरपालिकामा चण्डीराज पौडेल, तमान गाउँपालिकामा कमल भुर्तेल, बडीगाड गाउँपालिकमा थमनबहादुर रेश्मी, गलकोट नगरपालिका माधव शर्मा, बागलुङ नगरपालिकामा कार्यकारी अधिकृत रमेश ढकाल, काठेखोला गाउँपालिकामा चुणबहादुर कार्की, बरेङ्ग गाउँपालिका तमबहादुर खत्री, जैमुनी नगरपालिकामा चिरञ्जीवी शर्मालाई निमित्त प्रमुखको जिम्मेवारी प्रदान गरिएको बताएका छन् ।

गाविस र नगरपालिका हाल जुन नगरपालिका वा गाउँपालिकाका रुपमा कायम भएका छन् तिनैबाट कार्य सञ्चालन हुनेछन ।

जिल्ला समन्वय समितिको निर्देशन बमोजिम गाउँपालिका र नगरपालिकाको नयाँ साइनबोर्ड, छाप, लेटरप्याड तयारी गरिएको छ । सो सम्बन्धी नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख समेत व्यवस्था गरिएको छ ।

बागलुङ नगरपालिका बाहेक अन्य नगरपालिका र गाउँपालिकामा सम्बन्धीत स्थानीय निकाय अन्तर्गत कार्यरत गाविस सचिवहरु मध्ये जेष्ठताको आधारमा गाविस सचिवलाई निमित्त प्रमुखको जिम्मेवारी प्रदान गरिएको बताईएको छ । स्थानीय तह पुनःसंरचना गर्दा कायम भएका गाउँ र नगरपालिकाको केन्द्र जहाँ कायम भएको छ त्यहीं नै कार्यालय बस्नेछ ।

* नगरपालिकाहरुको नाम-

*गाउपालिकाहरुको नाम-

नयाँ व्यवस्था अनुसार पुनःसंरचना गर्दा कायम भएको नामबाट गाउँ र नगरपालिका सञ्चालन गर्न भनेको छ । नाम र केन्द्र परिवर्तन गर्न आवश्यक देखिएमा निर्वा्चित जनप्रतिनिधिले बहाल भएको छ महिनाभित्र गाउँसभा वा नगरसभाको बहुमतले सरकारलाई सिफारिस गर्नुपर्ने र सरकारबाट स्वीकृत भएपछि राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

जिल्ला समन्वय समितिले आगामी वर्ष कर लगाउने, परिषद् गर्नेलगायत काम गर्न नपाउने व्यवस्था गरिएको छ । कुनै मन्त्रालय वा निकायले प्रदान गरेको अधिकार गाउँ र नगरपालिकाले प्रयोग गर्न सक्ने व्यवस्था छ । गाउ ँर नगरपालिकाले सहरी योजना, बस्ती विकास र भवन निर्माण मापदण्ड कार्यान्वयन गर्नेछ भने जिल्ला सभा र समन्वय समितिको अधिकार हाललाई स्थानीय विकास अधिकारीले प्रयोग गर्नेछन ।

गाउँ र नगरपालिकामा निर्वा्चित अधिकारी बाहेक प्रशासकीय व्यवस्थापनका लागि कार्यकारी अधिकृत रहनेछन । गाउँपालिकामा उपसचिव वा शाखा अधिकृत स्तरको कार्यकारी अधिकृत, एक सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियर, नायबसुब्बा, लेखापाल, सबइन्जिनियर र कार्यालय सहयोगी रहनेछन्। नगरपालिकामा उपसचिव स्तरको कार्यकारी अधिकृत, सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियर, नायब सुब्बा, लेखापाल, सबइन्जिनियर, प्रशासन तथा लेखा सहायक र कार्यालय सहयोगी रहनेछन ।

गाउँपालिकाले दैनिक प्रशासन र जिल्लास्थित कार्यालयबाट अधिकार प्रत्यायोजन गरिएका काम गर्नेछन्। योजना तर्जुमा, कार्यान्वयन अनुगमन, तथ्यांक अद्यावधिक र संरक्षण, विकास निर्माण, नियमन, सिफारिस प्रमाणित लगायत काम पनि गर्नेछन्। हाल जिविस र गाविसबाट हुने सबै काम गाउँपालिकाले नै गर्नेछन ।

उता पर्वत जिल्लामा कुस्मा र फलेबास नगरपालिका तथा पाँच गाउँपालिका कायम भएका छन् । जलजला, मोदी, महासिला, पैञ्युँ र बिहादी गरी पाँच गाउँपालिका कायम गरिएको छ । भने साविकको कुश्मा नगरपालिका र फलेवास गरी दुई वटा नगरपालिका कायम गरिएको छ ।
यसैबीच जिल्ला समन्वय समितिले सोमवार सबै गाउँपालिका र नगरपालिकामा कर्मचारी खटाएको छ । अहिले कार्यरत गाबिस सचिबहरु मध्ये सबैभन्दा सिनियरलाई खटाउने योजना अनुसार फलेवास नगरपालिका र अन्य पाँच गाउँपालिकामा प्रमुख सहित कर्मचारी खटाइएको प्रमुख स्थानिय बिकास अधिकारी बिष्णु भुसालले जानकारी दिए ।
* नगरपालिकाहरुको नाम-

*गाउपालिकाहरुको नाम-

स्थानिय विकास आधिकारी भुसालका अनुसार कुस्मा नगरपालिकाको कार्यालय साबिकै कुस्मा नगरपालिकामा कायम हुने भएको छ भने त्यसको प्रमुख अहिलेकै कार्यकारी अधिकृत कुमानसिंह गुरुङ्ग रहने भएका छन् । त्यस्तै नयाँ बनेको फलेबास नगरपालिकामा भने केन्द्र खानीगाउँ गाबिसको कार्यालय कायम भएको छ ।
फलेबासमा अहिले अधिकृतस्तरको कर्मचारी नभएका गाबिस सचिब मध्ये सिनियर कार्किनेटा गाबिसका सचिब चिन्तामणी शर्मा गौतमलाई प्रमुखको रुपमा खटाइएको छ । यसैगरी उत्तरको जलजला गाउँ पालिकाको केन्द्र माझफाँट गाबिसको कार्यालय कायम भएको छ । उक्त गाउँपालिकाको प्रमुखमा बाँसखर्कमा कार्यरत सचिब भिमप्रसाद अर्यालय प्रमुखको रुपमा खटिएका छन् ।
मोदी गाउँपालिकाको केन्द्र देउपुर गाबिसको कार्यालयलाई कायम भएको र उक्त गाउँपालिकामा प्रमुखको रुपमा राम्जादेउराली गाबिसमा कार्यरत सचिब भुमिराज शर्मालाई खटाइएको समन्वय समितिले जनाएको छ ।
यता महासिला गाउँपालिकाको केन्द्र बालाकोट गाबिस कार्यालय कायम गरिएको र तत्कालका लागि कार्यालय प्रमुखमा भोक्सिङमा कार्यरत सचिब कृष्णप्रसाद रिजाललाई जिम्मेवारी तोकिएको छ । पैञ्युगाउँपालिकाको केन्द हुवास गाबिसको कार्यालय कायम भएको छ भने प्रमुखको रुपमा भोर्ले गाबिसमा कार्यरत सचिब कुलप्रसाद लामिछानेलाई खटाइएको छ ।
यस्तै बिहादी गाउँपालिकाको केन्द्र वहाकी गाबिसको कार्यालयमा कायम रहने र गाउँपालिकामा बर्राचौर गाबिसमा कार्यरत गाबिस सचिब कृष्णप्रसाद पौडेललाई प्रमुखको रुपमा खटाईएको समन्वय समितिका संयोजक स्थानिय पिवकास अधिकारी भुसालले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.