बरेङ गाउपालिकामा दुई दिने आधारभूत तालीम सुरु !

प्रकाश छन्त्याल, बागलुङ बरेङ २०७५ मंसिर १६ । बरेङ गाउँपालिकाको जनप्रतिनिधि तथा कर्मचारीहरुको सूचना प्रबिधि सम्बन्धि २ दिने आधारभुत तालीम आइतबार शुरु भएको छ । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको उद्घाटन कार्यक्रममा तालिमको उद्देश्य को बारेमा बरेङ गाउँपालिकाका प्रसाशकीय अधिकृत बैकुण्ठ पौडेलले प्रकाश पारेका थिए ।

जनप्रतिनिधि र कर्मचारी गरि ३० जनाको सहभागिता रहेको कार्यक्रमको सूचना प्रबिधि अधिकृत राजन कार्कीले सहजीकरण गरेका थिए ।

कार्यक्रम बरेङ गाउँपालिका वडा न २ का वडा अध्यक्ष गुप्त प्रसाद कालाको अध्यक्षता ,योजना शाखा प्रमुख मिलन श्रीस रानाको सन्चालनमा सम्पन्न भएको थियो । तालीम भोलि सोमबार पनि जारी रहने गाउँपालिकाले जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *