रंगिन युवा क्लब बोहरागाउँ झिवाखोलाको होली कार्यक्रम जारी !

कुम्बिर बिश्वकर्मा २०७३ चैत १। निसी खोला गाउँपालिकाको बोहरागाउँ झिवाखोला अबस्थित रंगिन युवा क्लबले आयोजना गरेको विबिध खेलकुद तथा सास्कृतिक कार्यक्रम हिँजो पनि जारी रह्यो।

हिँजो आयोजित कार्यक्रममा क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताका खेलहरु भएका थिए । हिँजोका खेलहरुमा राइजिङ युवा क्लब बुर्तिबाङ ,बाताबरण संरक्षण मन्च बोहरागाउ ,सनराइज युवा क्लब जुग्जा खोला ,ह्याप्पी हर्ट युवा क्लब हर्पे सेमि फाइनलमा प्रबेश गरेका छन।

सोमबारको कार्यक्रममा स्थानीय स्तरमा रहेका कलाकारहरुको प्रस्तुति ,नृत्य ,नाटक आदि मनोरञ्जनात्मक कार्यक्रम भएको थियो। आज चैत १ गतेबाट क्लबले आयोजना गरेका बाकी कार्यक्रम क्लब स्तरीय सेमि पुरुष भलिबल ,आडियल डान्स, मायालु भाकामा लोकदोहरी ,रङ्गिन ग्रुप डान्स हुने क्लबले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *