Sorry, that menu does not exist.
 

अर्गल खेलकुद विकास समिति अर्गलले खेलकुद मैदान विस्तार गर्दै !

खगेन्द्र विश्वकर्मा,बागलुङ २०७३ चैत १ । अर्गल खेलकुद विकास मन्च अर्गलले खेलमैदानमा पक्की मन्च तथा स्टेज निर्माण गर्ने भएको छ । अर्गल खेलकुुद विकास मन्चका अध्यक्ष लोक बहादुर क्षेत्रीका अनुसार यहि अवसरमा खेलमैदान निर्माण तथा विस्तार गरिने छ ।

यस अघी अर्गल गाविस रहदा अर्गल खेलकुद विकास मन्च अर्गलले २०६८ सालमा अर्गल गाँउका राम बहादुर पुलिसाबाट नगद ३ लाखमा जग्गा खरिद गरेको थियो । २५ मिटर लम्बाई १२ मिटर चौडाई रहेको उक्त जग्गा अर्गल खेलकुद विकास समितिले ३ लाखमा जग्गा किनेर स्थानीयबाट रकम संकलन गरी मैदान मर्मत गरेको हो । जग्गा खरिद गर्दा ३ लाख खेलमैदानको लागी सतह समथल बनाउदा २ लाख खर्च गरि कुल ५ लाख लागतमा खेलमैदान तयार गरि प्रयोगमा ल्याई रहेको छ । यो आर्थिक वर्षमा पुरा गर्ने गरि खेलकुद मन्त्रालयबाट ४ लाख बजेट विनियोजन भएको छ । उक्त रकमबाट खेलमैदान विस्तार ग्याभिङ प्रखाल र मन्च निमार्ण गर्ने खेलकुद विकास समितिले जानकारी दिएको छ ।

उक्त जग्गा खेलकुद विकास समिति र अर्गल माध्यमिक विद्यालयको सम्झौतामा विद्यालयको नाममा जग्गा पास गरेको खेलकुल विकास समितिकी उपा अध्यक्ष फुलमायाँ पुन जलजलाले बताईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply