बडीगाड युवा मन्चको बैठक सम्पन्न : यस्ता छन मन्चका, भावी कार्य योजनाहरु !

दिनेश शर्मा, बडीगाड २०७५ मंसिर १६ । बडीगाड युवा मन्चका अध्यक्ष ढालेन्द्र शेरचनको अध्यक्षतामा शनिबार बसेको बैठकले अहिले सम्म युवा मन्चले गरेका कार्यहरुको समीक्षा गर्दै भाबी कार्ययोजनाहरु तय गरेको छ।

बैठकले मन्चको कार्ययोजनामा रहेको प्रत्येक वडाको एकजना युवालाई इलेक्ट्रोनिक तालिम दिइ १० वडा मा १० युवालाई स्वरोजगार बनाउने ,प्रत्यक वडाका उत्कृष्ट खेल आयोजक युवा क्लबहरुलाइ बल नेट उपलब्ध गराउने, युवाहरुलाइ कुलत सचेतना सम्बन्धी कार्यक्रम सन्चालन गर्ने, अघिल्लो बर्षको योजना अन्तर्गत युवा उद्यमीहरुको योजनाको अनुगमन गर्ने निर्णय गर्दै जिम्मेवारी समेत बाड्फाड गरेको छ । जसानुरुप इलेक्ट«सियन तालिमको सम्योजक कोषाध्यक्ष बेलु गिरि, खेलकुद सामाग्री बितरण सहसचिव प्रदिप खरेल, कुलत सचेतना दिपक के सी योजना अनुगमन उपाध्यक्ष दिनेश शर्मा लगाएतलाई जिम्मेवारी बाड्फाड गरिएको छ ।

बैठकले कृष्ण भट्टराईको सम्योजकत्वमा वडा न ६का वडाध्यक्ष्य मौसम काजी क्षत्री र भिमलाल पोख्रेल गरि ३ सदस्यीय सल्लाहकार समिती तथा गाउपालिका अध्यक्ष मेहरसिँह पाइजाको अध्यक्षतामा उपाध्यक्ष अमर बहादुर श्रीस, वडा न १ का वडाध्यक्ष्य बोम बहादर थापा, कार्यकारी प्रमुख प्रदिप चन्द्र सुवेदी, योजना प्रमुख थम्मन रेश्मी सहितको ५ सदस्यीय अनुगमन समिति गठन गर्नुका साथै मन्चका सम्पुर्ण योजनाहरु तत्काल सुरु गर्ने निर्णय गरिएको सो बैठक सस्थाकी सचिब सुमित्रा घिमिरे खत्रीको सहजिकरणमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *