बौर सामुदायिक स्वास्थ्य ईकाईको जेष्ठ नागरिकको क्लड प्रसर नापेर उद्घाटन !

चन्द्रमणी न्यौपाने, गल्कोट २०७५ मंसिर १६ । गल्कोट नगरपालिका वडा नम्बर ४ मा निर्मित बौर सामुदायिक स्वास्थ इकाइको शनिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

गल्कोट नगरपालिका वडा नम्बर ४ चमुवा निवासी जेष्ठ नागरिक रबिलाल सुबेदीको इकाइका कर्मचारी अ। हे। ब। ईश्वर पुनले ब्लड प्रेसर जाच र एकसाथ वडा अध्यक्ष बलबहादुर खत्रीले दिप बालेर उद्घाटन तथा औपचारिक सेवा शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बोल्दै गल्कोट नगरपालिका स्वास्थ शाखा प्रमुख मिनराज गैरेले सामुदायिक स्वास्थ्य इकाइबाट खोप, पोषण, गर्भजाच सेवा साथै प्राथमिक उपचार सेवा उपलब्ध हुनेहुदा सम्पुर्णलाई सेवा लिन आग्रह गरेका थिए ।

गैरेले नगरपालिकाबाट बिनियोजन हुने बजेटमा स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्ने बताए । त्यस्तै वडा अध्यक्ष बलबहादुर खत्रीले वडा नम्बर ४ को हरेक बिकासको योजनामा सबैले एक जुट भयर काम गर्नुपर्ने भनाइ राअ‍ेका थिए । खत्रीले आफुलाइ वडाबासीले भएगरेका काम र भावी योजनाका बारेमा सल्लाह सुझाब दिएर काम गर्ने हौसला प्रदान गर्न अनुरोध गरेका थिए।

कार्यक्रममा हटिया स्वास्थ चौकी प्रमुख डिलुप्रसाद सुवेदी, नरेठाटी स्वास्थ चौकी प्रमुख गणेश सुनार, स्वास्थ्य इकाइका ब्याबस्थापन समितिका सद्स्य चुडामणी शर्मा लगाएतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम वडा अध्यक्ष बलबहादुर खत्रीको अध्यक्षता, पुर्ना सुनारको स्वागत र हेमराज गैरेको संचालनमा सप्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *