काठमाडौँमा समृद्ध गल्कोट निर्माण बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न !

घनश्याम गौतम, काठमाडौ २०७५ मंसिर १५ । काठमाडौमा समृद्ध गलकोट निर्माण बिषयक अन्तरक्रिया आज शंखमुल काठमाडौंमा सम्पन्न भएको छ । गलकोट घुुम्टे विकास मञ्च काठमाडौंको आयोजनामा भएको अन्तरक्रियामा समृद्ध गलकोट निर्माण गर्नको लागी गलकोट क्षेत्रमा गर्नुपर्ने पुुर्बाधार बिकास र सम्भाबित विकासका क्षेत्रहरुको विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुुख भरत शर्मा गैरेले समृद्ध गलकोट निर्माण गर्नको लागी गुरुयोजना निर्माण भैरहेको जानकारी दिए । उनले जनताको महत्वकाक्षी बिकास एकैपटकमा नहुने भन्दै क्रमागत रुपमा बिकासकोे सुरुवात भएको जानकारी दिए । गैरेले गलकोट नगरपालिकामा प्रर्याप्त दक्ष जनशक्ति छैन्, समृद्ध नगरपालिका निर्माणको लागी भौतिक संरचना निर्माण गर्नुुपर्ने क्षेत्रहरु धेरै छन् । हाम्रो प्रयास गलकोटका मुुख्य पर्यटकीय क्षेत्र छनोट गरि बिशेष रुपमा बिकास गर्नुु हो’ भन्दै कृषि क्षेत्रमा बढ्दो परनिर्भरतालाई हटाउन बिशेष बजेटको ब्यबस्था गरि ब्यबसायिक कृषि गर्न कृषकलाई उत्प्रेरित गर्ने बताए । उनले गाँउगाउँमा सिँहदरबार भनेपनि अधिकार केन्द्रमा सिमित रहेको जानकारी दिदै गलकोटको बिकासको लागी बिभिन्न काम तथा अध्ययनको शिलशिलामा गलकोट क्षेत्र बाहिर रहेका गलकोटेहरुसगं सहकार्य गर्न नगरपालिका तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका प्रवक्ता तथा वडा नम्वर २ का अध्यक्ष हिम बहादुुर भण्डारी हेमन्तले गलकोट नगरपालिकाको बिकासमा सबै राजनैतिक पार्टी, सम्पुर्ण संघ सस्था तथा गलकोटे जनताको एकता आबश्यक रहेको बताए । उनले बिगतमा कर्मचारीले सञ्चालन गरेको क्षेत्रमा एकै पटकमा सबै समान बिकास सम्भब नहुने बताउदै बिकासको लागी साझा बिकासका योजना निर्माण गर्ने बताए । कार्यक्रमको अवसरमा गलकोट समाज जापानका अध्यक्ष दिलुु खत्रीले गलकोटको समृद्धिको लागी आधारभुत पुर्वाधारको बिकास गर्नुुपर्ने बताए । उनँले गलकोटको बिकासको लागी नगरपालिकाले वातावरण निर्माण गरे प्रबासी गलकोटेहरुले लगानी तथा साझेदारी गर्न तयार रहेको स्पष्ट पारे। त्यस्तै गलकोट घुुम्टे बिकास मञ्चका निवर्तमान अध्यक्ष मेघ के.सी.ले गलकोटलाई प्रर्यटकीय गन्तब्य निर्माण गर्न भौगोलिक पुुर्वाधार निर्माण एवं सास्कृतिक आस्थाको केन्द्रको रुपमा समेत बिकास गर्नुपर्ने बताए । उनले घुुम्टेमा रहेको पुरातात्विक मन्दिरको महत्वलाई मध्येनजर गरि पुनःनिर्माण गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै गलकोटको घुम्टे बिकास मञ्चका अध्यक्ष प्रशान्त ढकालले पर्यटन बिकासको लागी अधारभुुत पुुर्बाधार यातयात रहेकोले गलकोट नगरपालिकाका सबै वडामा मोटरबाटोको विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले जनताले देखिने बिकासलाई प्राथमिकता दिनुपर्ने, गलकोटको बिकासको लागी आधार निर्माण गर्नुपर्ने, योजनाको बर्गिकरण गर्नुपर्ने, दिगो योजना सञ्चालन गर्ने, घुम्टे, गाईघाट, निलुुवा, कोतमैदान जस्ता एैतिहासिक क्षेत्रलाई गलकोट नगरपालिका र ताराखोला गाँउपालिकाले साझा रुपमा बिकास गर्र्ने, गलकोटको आन्तरिक श्रोतको पहिचान र परिचालनको लागी बिशेष योजना निर्माण गर्नुपर्ने, समृद्ध गलकोटमा पर्ने सुचकहरुको आधारमा बिकासलाई तिव्रता दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा नेरिक एकेडेमीका प्रिन्सीपल मन बहादुर खत्री, ईन्जिनियर बिराज सुबेदी, गलकोट घुम्टे बहुउद्देश्यीय सहकारी सस्थाका प्रवन्धक देबेन्द्र सुवेदी, थमन भण्डारी, भुपेन्द्र खत्री, गोर्खबहादुर थापा, प्रकाश खत्री, राजेन्द्र खत्री, अर्जुन सापकोटा लगाएत गलकोटबाट काठमाडौंमा बिभिन्न पेसा ब्यवसाय तथा अध्ययन आबद्ध युवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम गलकोटको घुम्टे बिकास मञ्चका अध्यक्ष प्रशान्त ढकालको अध्यक्षता तथा मञ्चका सचिब मिलन कडेंलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *