एक नाठो संग मिलेर अर्को नाठोको हत्या : अभियुक्त नाठा-नठिनी प्रहरी हिरासतमा !

बिनोद हरिजनको हत्या गरेर आत्महत्या गरेको प्रपन्च रच्ने अभियुक्तहरुको प्रहरीव्दारा पर्दाफास !

विजय राना, बागलुङ २०७३ फागुन ३० । हाल बागलुङ नगरपालिका साविक पैयुँपाटा गाविसकी एक महिलाले एउटा नाठोसंग मिलेरे अर्को नाठाको हत्या गरेको रहस्य खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न अभियुक्त (नाठा-नठिनी) हरुलाई सार्वजनिक गर्दै रहस्यको पर्दाफास गरेको हो ।

प्रहरीका अनुसार साविक पैयुँपाटा गाविस- ६ की वर्ष २६ की रीता नेपाली र देवर नाता पर्ने सोहि गाउँका वर्ष २५ को बिनोद हरिजनबीच पटक पटक अनैतिक सम्वन्ध स्थापित हुने गरेको र घटनाको दिन फागुन २७ गते राति साढे ८ बजेतिर निज हरिजनले मदिरा सेवन गरी आएर रीतालाई नराम्ररी कुटपीट गरेपछी उनले रिसले सोहि गाउँको अर्को नाठो वर्ष ३२ को टेकबहादुर थापालाई फोन गरी बोलाएर दुबैजना मिली विनोदको हत्या गरेको प्रहरीले जनाएको छ ।

मृतक बिनोदका सबै परिवार भारतको मद्रासमा बस्दै आएपनि रितासंग अनैतिक यौन सम्पर्क स्थापितगर्न पल्केकै कारण विनोद पटक पटक नेपाल आईरहने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

रिताका श्रीमान ५ वर्ष देखी रोजगारीका लागि मलेशीयामा रहेका छन् । उता टेकबहादुर थापाकी श्रीमती पनि रोजगारीका लागि विदेशमा छिन् । रिता र टेकबहादुर बिच पनि निरन्तर यौन सम्बन्ध रहँदै आएको अनुसन्धानका क्रममा खुल्न आएकोे प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताए ।

इलाका प्रहरी कार्यालय बलेवाले सुरुमा विनोदको मृत्युलाई झुण्डिइ आत्महत्या भनि पोष्टमार्टमको लागि धौलागिरी अञ्चल अस्पतालमा पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालयाट खटिएको प्रहरी निरिक्षक खड्गनारायाण शाहको नेतृत्वको टोलीले शव निरीक्षणका क्रममा निजको मृत्यु अस्वभाविक देखिएको र निजको च्यूडो र घाँटीमा कोतरीएको घाऊहरु रहेको,वाया हातको नाडीमा ब्लेडले काटेको घाऊ रगत लत्पत्तिएको, घाटीको डाम असामान्य देखि सो टोली घटनास्थलमा पुगेर त्यहाँको बस्तुस्थितिको अध्ययन गरेको थियो ।

प्रहरीका अनुसार मृतक झुण्डिएको कोठामा गई हेर्दा सो कोठाको ढोका नजिकै भित्ता,भूई तथा मृतक रहेको स्थान देखि नजिकै रहेको रीता नेपालीले लगाउने गरेका कालो रङको स्विटर,प्याजी रङको सुरुवाल र निज रिता नेपाली सुत्ने गरेको बिस्तारामा रगत लत्तपत्तिएको देखी उक्त घटना सम्बन्धमा अभियुक्त रिता नेपालीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा, मृतक बिनोद हरीजन संग पटक पटक यौन सम्बन्ध राख्ने गरेको र उक्त दिन निज रिता र बिनोद हरीजन बिच एक आपसमा झै झगडा हुँदा विनोद हरीजनले रिता नेपालीलाई कुटपिट समेत गरेकोले सोही रिसले रिता नेपालीले गाउकै टेक बहादुर थापालाई फोन गरी आफ्नो घरमा बोलाई दुबै जना भई निज बिनोद हरीजनको हत्या गरेको स्वीकार गरेका थिए ।

घटनाका बेला बिनोद रक्सी सेबन गरी घर भित्र कोठामा बसेको अबस्थामा समाती घाटी थिची कर्तब्य गरी मारेको र आफुहरु उक्त अपराधबाट बच्नको लागी मृतकलाई रिता नेपालीले बाध्ने गरेको निलो पटुकाले घाटीमा बाधी सोही कोठाको माथी रहेको धुरी बलोमा झुण्डाएको र टेक बहादुर थापा उक्त स्थानबाट आफ्नो घर तर्फ गएको र रिता नेपालीले घटना लुकाउनको लागी केही समय पछी अन्य स्थानिय मानिसहरुलाई बिनोद घरको कोठामा आफै झुण्डीएको अबस्थामा रहेको भनि खबर गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार अभियुक्तहरुलाई जिल्ला अदालत बागलुङबाट ७ दिनको म्याद थप अनुमती लिई आबश्यक अनुसन्धान कार्य भई रहेको छ ।

पत्रकार सम्मेलनमा अभियुक्त रिता नेपालीको विनोद र टेकबहादुर बाहेक अरुसंग यौन संपर्क भए नभएको प्रहरीले खुलाएन । तर दुई नाठा र एक नठिनीवीचको त्रिकोणात्मक अवैध यौन सम्पर्कका कारण फिल्मी शैलीमा बिनोद हरीजनको हत्या गरिएको यस सनसनीपूर्ण घटनालाई प्रहरीले सार्वजनिक गरेपछी अहिले घरघरमा चर्चाको विषय भने बनेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.